दैनिक १७४ रुपैयाँमा होन्डा ग्राजिया, ब्याजदर ६ प्रतिशतभन्दा कम

काठमाडौं । होन्डाले दैनिक १७४ रुपैयाँ दैनिक किस्ता तिरेर ग्राजिया १२५ खरिद गर्न सक्नेगरी नयाँ स्कीम ल्याएको छ । स्याकार ट्रेडिङले ल्याएको स्कीममा ग्राहकले तीन फरक स्कीम मध्ये आफुलाई सजिलो हुने एक स्कीम छनोट गर्न सक्नेछन् ।

कम्पनीले ५.९९ प्रतिशत व्याजदर, ३० प्रतिशत डाउन पेमेन्ट र दैनिक १७४ रुपैयाँ किस्ता तिर्नेगरी होन्डा ग्राजिया किन्न सक्नेछन् । यी तीन किसिमको स्कीम मध्ये कुनै एक ग्राहकले छनोट गर्न सक्नेछन् ।

दैनिक १७४ रुपैयाँ किस्ता तिर्नेगरी किन्दा ग्राहकले मूल्यको ६० प्रतिशत डाउन पेमेन्ट वापतकाे रकम बुझाउनु पर्छ । होन्डा ग्राजिया स्ट्यान्डर्ड भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसको ६० प्रतिशत वापत १ लाख ६७ हजार ९४० रुपैयाँ सुरुमा तिर्नु पर्ने हुन्छ । त्यसपछि बाँकी रकम एक लाख ११ हजार ९६० रुपैयाँ कर्जा वापतको रकम दैनिक १७४ रुपैयाँको दरले तिर्न सक्नेछन् । यसमा १०.९९ प्रतिशत व्याजदर तोकिएको छ ।

त्यसैगरी सबैभन्दा कम ब्याजदर ५.९९ प्रतिशतको स्कीममा ग्राजिया किन्ने मानिसले पनि ६० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ । कर्जा बापत लिइने १ लाख ११ हजार ९६० रुपैयाँ मासिक ९ हजार ६३५ रुपैयाँको दरले एक वर्ष भित्र भुक्तानी गर्नु पर्ने हुन्छ ।

डाउन पेमेन्टको लागि रकम अभाव भएका ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टमा ग्राजिया किन्न सकिने स्कीम कम्पनीले दिएको छ । यो स्कीममा भने ग्राहकले १६.९९ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ । दुई वर्षसम्मको कर्जा सुविधा पाइने यो स्कीममा सुरुमा डाउन पेमेन्ट वापत ८३ हजार ९७० रुपैयाँ तिर्नुपर्छ ।

बाँकी १ लाख ९५ हजार ९३० रुपैयाँलाई प्रति महिना ९ हजार ६९० रुपैयाँको दरले २४ किस्तामा तिर्न सकिन्छ ।

होन्डा ग्राजियाको डिलक्स भेरियन्टको मूल्य भने २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ ग्राजिया

बीएस ६ मापदण्डको होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्छ ।

ग्राजिया बीएस ६ भर्सनमा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ । त्यस्तै यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । उक्त क्लष्टरमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर छन् ।

स्कुटरमा ५.३ लिटरको फ्युल ट्याङक दिइएको छ भने यसले ५४ किलोमिटर प्रितिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।


Back_to_top