होन्डा हर्नेट २.० र १६० आरमा कति फरक ? मूल्यमा यस्तो अन्तर

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपालमा विक्री गर्दै आएको हर्नेट २.० र १६० आरको मूल्यमा १ लाख ३४ हजार रुपैयाँको अन्तर रहेको छ ।

कम्पनीले विक्री गर्ने यी दुबै मोडल निकै आकर्षक डिजाइनमा उपलब्ध रहेका छन् भने यसमा पाउने फिचरमा पनि निकै ठूलो अन्तर पाउन सकिन्छ । हर्नेट १६० आरमा बीएस फोर मापदण्डको इन्जिन रहेको छ भने, हर्नेट २.० मा बीएस सिक्स मापदण्डको इन्जिन पाउन सकिन्छ ।

होन्डाले भारतमा पहिलो पटक २०० सीसी सेग्मेन्टमा बनाएको हर्नेट २.० मा १८४.४ सीसी क्षमताको एफआई इन्जिन उपलब्ध रहेको छ । हर्नेट १६० आरमा भने १६२.७१ सीसी क्षमताको कार्बुरेट इन्जिन पाउन सकिन्छ । यी दुई मोटरसाइकलमा २२ सीसी मात्रै इन्जिन क्षमतामा फरक पाउन सकिन्छ ।

पावरको कुरा गर्दा पनि केबल २ ब्रेक हर्सपावर फरक रहेको छ । हर्नेट १६० आरको इन्जिनले अधिकतम ८५०० आरपीएममा १५.०४ ब्रेक हर्सपावर र हर्नेट २.० मा रहेको इन्जिनले अधिकतम १७.०३ ब्रेक हर्सपावर प्रदान गर्छ । दुबै मोटरसाइकलमा एयर कुल्ड, सिंगल सिलिण्डर, टु भल्भ इन्जिन रहेको छ ।

दुबै मोटरसाइकलमा समान १२ लिटरको इन्धन ट्याङ्क र वेट मल्टीप्लेट क्लच पाउन सकिन्छ ।

यी दुई मोटरसाइकलको मुख्य भिन्नता ब्रेकिङ सिस्टममा पाउन सकिन्छ । हर्नेट १६० आरमा सिबीएस ब्रेकिङ सिस्टम रहेको छ भने, २.० मा सिंगल च्यानल एबीएस पाउन सकिन्छ । दुबै मोटरसाइकलमा डिस्क ब्रेक भने समान साइजको रहेको छ ।

टायरमा फरक भएपनि दुबै मोटरसाइकलमा समान १७ इन्चको अलोय ह्वील दिइएको छ । यी दुई मोटरसाइकलमा अर्को मुख्य भिन्नता सस्पेन्सनमा पाउन सकिन्छ । हर्नेट २.० को अगाडि गोल्डन कलरको अपसाइड डाउन फर्क (यूएसडी) र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । तर, हर्नेट १६० आरमा अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

दुबै मोटरसाइकलमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग भएपनि हर्नेट २.० मा फिचर धेरै पाउन सकिन्छ ।

हर्नेट २.० मा अटोमेटीक हेडल्याम्प, डे टाइम रनिङ लाइट, लो आयल इन्डिकेटर, किल स्वीच, हाजार्ड स्वीच, गियर पोजिसन इन्डिकेटर र सर्भिस ड्यू इन्डिकेटर जस्ता फिचर उपलब्ध रहेका छन् ।

स्याकार ट्रेडिङले हर्नेट १६० आरको मूल्य ३ लाख ३४ हजार ९०० र हर्नेट २.० को ४ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top