एक चार्जमा हजार किलोमिटर रेञ्ज दिने कार

काठमाडौं । चिनियाँ कम्पनी जिएसी ग्रुपले आयन ब्राण्डमा सार्वजनिक गरेको ‘आयन एलएक्स’ मोडलले फुलचार्जमा एक हजार किलोमिटरभन्दा बढी रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीले नोभेम्बर २०२१ मा पहिलो पटक ग्वान्झाओ अटो शोमा देखाएको आयन एलएक्स अबको १२ दिनपछि अर्थात् जनवरी ६ बाट चिनियाँ बजारमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । सन् २०१९ मा नै जिएसी ग्रुपले घोषणा गरेको यो कारमा १४४.४ किलोवाट आवरको व्याट्री प्याक दिएको छ ।

कम्पनीले यसको लागि नियमित लिथियम आयोन व्याट्रीको तुलनमा २० प्रतिशत सानो र १४ प्रतिशत हलुका व्याट्री उत्पादन गरेको जनाएको छ । दुई इलेक्ट्रीक मोटर प्रयोग भएको यो कार अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यसमा १६८ किलोवाट क्षमताको मोटर जडान भएको छ ।

यो कारले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल २.९ सेकेन्डमा भेट्टाउने कम्पनीले दावी गरेको छ । यसमा ४८० किलोवाट क्षमताको फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।


Back_to_top