चढ्ने हो ब्याक गियर भएको बाइक, यस्तो छ मूल्य र फिचर

जापानीज मोटर उत्पादक कम्पनी होन्डाले पहिलो रिभर्स गियरसहितको बाइक भारतीय बजारमा सार्वजनिक गरेको छ ।

होन्डा ‘गोल्ड विंग’ नामक यो बाइकलाई कम्पनीले २०१८ अटो शोमा समेत प्रर्दशन गरेको थियो । 

रिर्भस गिएर भएको बाइक भारतीय बजारमा यो नै पहिलो भएको जनाएको छ । कम्पनीले भारतीय बजारमा ३ यूनिट बाइक आफ्नो ग्राहकलाइ हस्तान्तरण गरेको जनाएको छ । 

फिचर


१८३३ सीसी इन्जिन क्षमता भएको ड्युअल क्लच ट्रान्समिशन टेक्नोलोजी रहेको यो बाइकमा ६ सीलिन्डरको इन्जिन दिइएको छ । उक्त इन्जिनले ९३ एचपी पावर र १७० एनएम टर्क उत्पादन गर्छ । ७ स्पीड डीसीटी गियर बक्स दिइएको यो बाइकमा एप्पल कार प्ले, ७ इन्च टीएफटी कलर डिस्प्ले, फुल एलइडी लाइट दिइएको छ । 

होन्डा गोल्ड विंग बाइकमा गियर लिवर र कल्च दिइएको छैन जसलाइ ह्यान्डलमा रहेको स्वीच द्धारा कन्ट्रोल गर्न सकिने छ । डीटीसीको प्रयोगमा यो बाइक ट्राफिक जाममा वाकिङ मोड तथा रिवर्स मोडमा पछाडि पनि चलाउन सकिन्छ । साथै यो बाइकमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक विन्डोस्क्रीन एडजस्ट, स्मार्ट कि कन्ट्रोलजस्ता फिचर रहेका छन् । 

यसमा दिइएको ७ इन्च टीएफटी टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टममा एप्पल डिभाइस कनेक्ट गर्न सकिने छ । म्याप, म्युुजिक सिस्टम तथा यसबाट सिधै फोन कल समेत गर्न सकिन्छ ।

भारतीय बजारमा यो बाइकको एक्सशोरुम मूल्य २६ लाख ८५ हजार भारतीय रुपैयाँ तोकिएको छ । 


Back_to_top