काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले १७ जनवरी २०२५ देखि भारतमा सुरु हुने भारत मोबिलिटी एक्स्पोमा दुई इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले केही दिन अघिमात्र भारतमा होन्डाको दुई स्कुटर प्रदर्शन गरेको थियो ।
कम्पनीले भारत मोबिलिटी एक्स्पोमा यी दुबै स्कुटरको मूल्य सार्वजनिक गर्ने र बुकिङ खुला गर्ने अनुमान गरिएको छ ।
यसका अलावा अन्य एक इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । होन्डाले २०२४ इक्मा अटो शोमा ईभी फन र ईभी अर्वान मोडलको कन्सेप्ट देखाएको थियो ।
यी दुई इलेक्ट्रीक मोटरसाइकल समेत होन्डाले प्रदर्शन गर्ने अनुमान गरिएको छ । कम्पनीले सन् २०३० सम्ममा ३० मोडलका इलेक्ट्रीक दुई पाङ्ग्रे ल्याउने योजनामा काम गरिरहेको जनाएको छ ।
होन्डा फन ईभी कन्सेप्टको एलइडी हेडल्याम्प ओला रोडस्टारसँग मिल्दो जुल्दो रहेको छ । यसको सस्पेन्सन तथा ब्रेक भने प्रोडक्सन स्टेजमा हुने मोटरसाइकलमा जस्तै देख्न सकिन्छ । कम्पनीले यसमा सिंगल साइडेड स्वीङआर्मको प्रयोग गरेको छ ।
यो मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर आएको छैन । यसमा सीसीएस-२ चार्जिङ पोर्ट उपलब्ध छ । त्यसैले यो मोटरसाइकललाई गाडीजस्तै फास्ट चार्ज गर्न सकिन्छ ।

