होन्डाको नयाँ मोटरसाइकल अर्को महिना सार्वजनिक हुने

काठमाडौं । होन्डाले सन् २०२१ मै प्याटेन्ट दर्ता गराएको एनएक्स २०० अर्को महिना बजारमा आउने भएको छ । होन्डाले हिरो एक्सपल्स २०० को सफलतापछि त्यहि सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

हर्नेट २.० को प्लेटफर्ममै उत्पादन हुने यो मोटरसाइकल भारतमा होन्डाको इन्ट्री लेभल डबल स्पोर्ट मोटरसाइकल बन्ने अनुमान गरिएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स रहने एनएक्स २०० धेरै हदसम्म सिआरएफ सिरिजबाट प्रेरित रहने छ ।

उच्च ग्राउन्ड क्लीयरेन्स, हाइ माउन्ट एग्जस्ट, स्पोक ह्वील, सिंगल पिस सिट, गोलो आकारको रियरभ्यू मिरर, अपराइट ह्याण्डलबार, अग्लो विन्ड स्कृन, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, मस्कुलर फ्यूल ट्याङक पाउन सकिन्छ ।

यू आकारमा तयार भएको एलइडी टेलल्याम्प, एलइडी टर्न इन्डिकेटर, एलइडी हेडल्याम्प, पूर्ण डिजिटल क्लष्टर यसमा रहने छ । हर्नेट २.०मा नै रहेको १८४ सीसी, सिंगल सिलिण्डर इन्जिन र ५ स्पीड गियरबक्स यसमा पनि निरन्तर रहन सक्ने छ ।


Back_to_top