अर्को महिनाबाट बजारमा आउँदै नयाँ जेनेरेशन स्कर्पियो

काठमाडौं । महिन्द्राको अत्यन्त सफल एसयूभी स्कर्पियोको नयाँ जेनेरेशन मोडल अर्को महिना लन्च हुने भएको छ । दुई दशकदेखि निरन्तर उत्पादन भइरहेको पहिलो जेनेरेशन स्कर्पियो लामो कुराईपछि बजारमा आउन लागेको हो ।

जुन २०२२ मा महिन्द्राले सार्वजनिक गर्ने नयाँ जेनेरेसन स्कर्पियोको भित्री र बाहिरी बनोटमा थुप्रै परिवर्तन देख्न सकिनेछ । महिन्द्राले नयाँ स्कर्पियोको थुप्रै टिजरहरु सार्वजनिक गरिसकेको छ । साथै रोड टेष्टका क्रममा पनि नयाँ जेनेरेशन स्कर्पियोका धेरै स्पाई इमेजहरु सार्वजनिक भइसकेका छन् ।

मस्कुलर बडी तथा टल साइजका कारण धेरैको रोजाइमा पर्न सफल महिन्द्रा स्कर्पियोको नयाँ जेनेरेशनको अगाडिमा नयाँ ग्रिल तथा नयाँ भर्टिकल स्ल्याटहरु प्रयोग भएको छ ।

नयाँ डिजाइनको हेडल्याम्प, नयाँ डे टाइम रनिङ लाइट, नयाँ स्टाइलको बम्पर तथा फगल्याम्प हाउजिङ दिइएको नयाँ मोडलमा एलइडी टेललाइट, साइडमा खुल्ने टेलगेट तथा अपडेटेड बम्परले आकर्षक देखाएको छ ।

नयाँ जेनेरेशन स्कर्पियोमा एक्सयूभी ७०० तथा थारमा जस्तै नयाँ डिजाइनको कर्पोरेट लोगो प्रयोग हुनेछ । स्कर्पियोमा पहिलो पटक २.० लिटर क्षमताकोे, फोर सिलिण्डर एमास्टेलन पेट्रोल तथा २.२ लिटर एमहक डिजेल इन्जिन रहनेछ । जसलाई ६ स्पीडको म्यानुअल र ६ स्पीडकै टर्क कन्भटर अटोमेटीक गियरबक्सको साथ ल्याउने तयारी भएको छ ।

नयाँ स्कर्पियोमा तेस्रो रोमा दिइएको सिट पनि अगाडि नै फर्किने छ । महिन्द्राले आफ्ना पछिल्ला गाडीहरु जस्तै स्कर्पियोलाई पनि ग्लोबल एनक्यापको ५ स्टार रेटिङ पाउने जनाएको छ । इन्टेरियर फिचरहरुमा थप एक्सयूभी ७०० मा जस्तै प्रिमियम फिचर रहने अनुमान गरिएको छ ।


Back_to_top