यस्तो छ होन्डाले भारतमा बनाउने पीसीएक्स १५० स्कुटर

होन्डाले  पीसीएक्स १५० स्कुटरको नयाँ संस्करण ल्याउने भएको छ । कम्पनीले भिटेक प्रविधियुक्त स्कुटरको प्याटेन्ट इमेज सार्वजनिक गर्दै केही समयपछि उक्त स्कुटर भारतीय बजारमा ल्याउने जानकारी दिएको हो ।

स्कुटरमा यसको रेगुलर मोडलमा उपलब्ध टु भल्भ इन्जिनलाई रिप्लेश गर्दै फोर भल्भ इन्जिन लगाइएको छ । यामाहा एनम्याक्स १५५ सँग प्रतिस्पर्धा गर्ने पीसीएक्स १५० मा उपलब्ध १४९.३ सीसी  लिक्विड कुल्ड फ्युल इन्जेक्टेड इन्जिनले १४.७ पीएस पावरका साथै १३.२ एनएम टर्क उत्पादन गर्छ । 

यसमा यामाहा आर १५ भी ३ बाइकमा दिइएको जस्तै भीभीए टेक्नोलोजीको विशेषता दिइएको छ । यसको इन्जिनमा इन ह्यान्स स्मार्ट पावर इएसपी टेक्नालोजीको विशेषता दिइएको कम्पनीले जनाएको छ ।

स्कुटरमा उपलब्ध भिटेक इन्जिनले इन्धन बचत गर्न मद्धत पुर्याउने कम्पनीले जनाएको छ  । सार्पर लुकमा निर्माण भएको यो स्कुटर होन्डा एडीभी १५० जस्तै डिजाइनमा निर्माण भएको छ । 

यसमा एलइडी लाइट, डिजिटल इन्स्ट्रुमेन्टे कन्सोल, २८.८ लिटर अन्डर सिट स्टोरेज र होन्डा स्मार्ट कि सिस्टमको बिशेषता रहने छ ।


Back_to_top