टेष्ट राईड रिभ्यूः एमटी अर्थात ‘मास्टर अफ टर्क’, मूल्यको भरपुर सदुपयोग

काठमाडौं । एमटी अर्थात ‘मास्टर अफ टर्क’ । यामाहाको नेकेड मोटरसाइकको एक सिरिजको नाम हो । यामाहा एमटी सिरिजमा एमटी ६, एमटी ९, एमटी १०, एमटी १५ जस्ता सदस्य रहेका छन् । यामाहा एमटी १५ एमटी सिरिजको सबैभन्दा कान्छो मोटरसाइकल भनेर चिन्निछ ।

जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेसँगै नेपाली बजारमा समेत यो मोटरसाइकलको चर्चा सुरु भएको हो । भारतीय बजारमा सार्वजनिक भएको करिब ६ महिना पश्चात् यामाहा एमटी १५ नेपाली बजारमा आज सार्वजनिक हुँदैछ । लामो समयको प्रतिक्षा पश्चात् नेपाली बजारले यामाहा एमटी १५ भोलिदेखि खरिद गर्न सक्नेछन् ।

भारतीय बजारमा आउनुभन्दा पहिलादेखि नै मैले पनि यो मोटरसाइकललाई फलो गर्दै आइरहेको थिए । नेपाली बजारमा आज सार्वजनिक हुँदै गरेको यामाहा एमटी १५ को फ्रस्ट लुक तथा टेस्ट राइडका लागि यामाहाको नेपाली बजारका लागि आधिकारीक वितरक एमएडब्ल्यूले उपलब्ध गराएको मोटरसाइल एमटी १५ तीन दिनको राइडिङको आधारमा यसका केही अनुभव यहाँ सेयर गरेका छाैँ ।

लुक्स

यामाहा एमटी सिरिजमा सबैभन्दा कान्छो मोडल यामाहा एमटी १५ को आर्कषक डिजाइनले मोटरसाइकल पारखीको ध्यान सडकमा सजिलै तान्न सक्छ । हामीले टेस्ट  राइड गर्ने क्रममा विभिन्न मान्छेहरुले हामीसँग धेरै कुरा सोधपुछ समेत गरेका छन् । यसको पहिलो आर्कषण भनेको यसको लुक्स नै हो । यसले जो कोहिलाई सजिलै आकैषित गर्छ । यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । नेकेड डिजाइनमा रहेको यो मोटरसाइल फुल्लि नेकेड रहेको छ । यसको आर्कषक डिजाइनलाई बगआई हेडल्याम्पले पुर्णता दिएको छ । यो हेडल्याम्पको नाइट राइडका लागि पनि उच्च भिजिबलीटी रहेको छ ।

इन्जिन

एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम रहेको छ ।

यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौँता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ ।  जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । मास्टर अफ टर्क नाम अनुसार यो मोटरसाइकलको टर्क तथा पावर उच्च रहेको छ । यो सेग्मेन्टमा नै यो उच्च पावर भएको मोटरसाइल हो । यो इन्जिनले नेपालको जुनुसुकै सडकमा उत्कृष्ट पर्फमेन्स गर्न सक्ने छ ।


एमटी १५ को अर्को सबल पक्ष भनेको यसको ह्यान्डलिङ रहेको छ । यो मोटरसाइकल सिटिङ पोजिसन र ह्यान्डलबारको समायोजनले ह्यान्डललिङलाई उत्कृष्ट बनाएको छ । हाल नेपाली बजारमा उपलब्ध नेकेड मोडलका मोटरसाइकलहरुमा यो एमटी १५ को ह्यान्डलिङ अत्यन्तै सहज रहेको छ ।

यसमा सिगंल क्लिप ह्यान्डल बार रहेको छ । यो मोटरसाइकल अत्यन्तै कम स्पेशमै सहजै घुमाउन सकिन्छ । यो मोटरसाइकल कर्नरिङ, अफरोड जस्ता जुनुसकै सडकमा सहज यात्राको लागि उपयूक्त रहेको छ ।

ब्रेकिङ/गियर

यो मोटरसाइकलको फ्रन्ट तथा रियरमा डिस्क ब्रेक रहेको छ । फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएमको ब्रेक रहेको छ । यो डबल डिस्क हाइड्रलीक ब्रेकमा सिगंल च्यानल एबीएस रहेको छ ।

यसको ब्रेकिङमा फ्रन्ट तथा रियरको कम्वीनेसनमा बाइकको कन्ट्रोल निकै उत्कृष्ट रहेको छ । नेपाल जस्तो भौगोलिक जटिलता रहेको ठाउँमा यसको ब्रेकिङ अत्यन्त राम्रो छ । जसको कारण बाइक चिप्लने सम्भावना अत्यन्त कम रहन्छ ।

यसका साथै यामाहाका ग्राहकले यामाहा एफजेड २५ मा कमी महशुस गरेको ६ गियर तथा एबीएस यसमा पाउन सक्ने छन् ।

एमटी १५ को इन्जिनमा ६ स्पीडको गियरबक्स रहेको छ । यसले यसको पावरसँगको कम्बिनेसनमा मोटरसाइकलको पर्फमेन्सलाई अझै उत्कृष्ट बनाएको छ ।

अन्य बिशेषता

एमटी–१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने वजन ९फुल ट्यांक पेट्रोलसहित० १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ ।

त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ ।

डार्क थिमसहितको आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । डार्क ब्ल्याक र ब्लू कलरमा रहेको यो यामाहा एमटी १५ को मूल्य ४ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले स्रोतले जनाएको छ ।

 


Back_to_top