अटाे शाेमा जीपको ‘ट्रायल-रेडेड’ कम्पास सार्वजनिक हुँदै, किन खास छ ‘ट्रायल-रेटेड ब्याज’

काठामाडौं । लाइफ अटोमोबाइलले नाडा अटो शोमा जीप कम्पासको ट्रायलहक सार्वजनिक गर्ने भएको छ । यो कम्पास लाइन अपको पहिलो ‘ट्रायल रेटेड’ जीप हो । 

कम्पास ट्रायलहकलाई कम्पास लाइनअपकै सबैभन्दा शक्तिशाली र क्षमतावान एसयूभी मानिन्छ । नाडामा सार्वजनिक हुन लागेको जीप कम्पास ट्रायलहक ‘अफरोड फोकस्ड’ एसयूभी हो । जसमा जीपले पहिलो पटक अटोमेटिक डिजेल इन्जिन राखेको छ । टाढाबाट हेर्दा अन्य कम्पास जस्तो देखिए पनि यसको पर्फमेन्स भने फरक रहेको छ । 

इन्जिन र पावर

ट्रायलहकमा ‘ट्राइड एन्ड टेस्टेड’ २.० लिटरको एफसीए निर्मित मल्टिजेड डिजेल इन्जिन प्रयोग गरिएको छ । जसले १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न छ । टायलहकमा दिइएको इन्जिन बीएस–६ स्टयान्डार्डको छ । 

पुरानो रेगुलर मोडलमा ६ स्पीड म्यानुयल र ७ स्पीड अटोमेटीक गियर बक्स रहेकोमा नयाँ ट्रायलहकमा ९ स्पीड अटोमेटिक गियर बक्स दिइएको छ । जीपले भविष्यमा पनि आफ्ना सबै कम्पास सिरिजमा ९ स्पीड गियरबक्स प्रयोग गर्ने घोषणा गरेको छ । 

जीपले आफना केही निश्चित मोडेललाई मात्र ट्रायल–रेटेड ब्याज दिने गरेको छ । ‘ट्रायल रेटेड’को अर्थ यो एसयुभी लिएर तपाईं ट्रायल यानि अफरोड यात्रामा जान सक्नु हुन्छ भन्ने हो । यसमा केही निश्चित स्पेसिफिकेसनहरु छन् जुन जीप बाहेक अन्यमा पाउन दुर्लभ छ ।

‘ट्रायल–रेटेड’ जीपले अफरोड चुनौतिको सजिलै सामना गर्न सक्छ । यसले जीपधनीलाई पूर्ण सुरक्षाको अनुभुति दिलाउँन सकेको छ । सबै ट्रायल–रेटेड ४बाई४ जीपले यो ब्याज पाउन धेरै तहको परीक्षा उत्तिर्ण गरेको हुन्छ । कम्पनीले ट्रायल–रेटेड जीपको उत्पादन सन् २००४ बाट थालेको हो । 

कसरी पाउँछ जीपले ‘ट्रायल–रेटेड ब्याज’ 

ट्रायल–रेटेड उपमा पाउन जीपले ट्रयाक्सन, वाटर फोर्डिङ, म्यानुराबिलिटी, आर्टिकुलेसन र ग्राउन्ड क्लेरेन्स गरी पाँच वटा विभिन्न क्षमता परीक्षा उत्तिर्ण पुरा गरेको हुनछ । भिरालो स्थान, खराब भूगोल र कठोर हिमपातमा पनि राम्रो प्रदर्शन गरेर यसले पहिलो परीक्षा ट्रयाक्सन पास गरेको मानिन्छ । ट्रायल–रेटेड जीपमा एअर इन्टेक माथि सारिएको हुन्छ जसले गर्दा नदी, बाढी र अन्य पानी जमेको स्थानमा यो गाडी सहजै कुद्न सक्छ । 

ट्रायल–रेटेड जीपले पार गर्ने अर्को चुनौति भनेको ‘म्योनराबिलिटी’ वा ‘फुर्तिपना’ हो । यसका लागि जीपको ‘टर्न रेडियस’ उत्कृष्ट हुनुपर्छ, ‘स्टेरिङ’ दुरुस्ट हुनुपर्छ र ‘ह्विलबेस’ सुध्रित हुनुपर्छ जसले गर्दा तपाईं जस्तोसुकै अबरोधलाई पनि सजिलै पार गर्न सक्नु हुनछ । 

जस्तोसुकै खराब भूगोलमा ट्रायल–रेटेड जीपको सस्पेन्सनले राम्रो काम गर्छ । यो परीक्षालाई ‘आर्टिकुलेसन’ भनिन्छ । त्यसैगरी, यो ब्याज भएका जीपको ग्राउन्ड क्लेरेन्स उच्च हुन्छ जसले गर्दा ढुंगा, काठ वा अन्य केहीले उसको बाटो छेक्दैन । 

यी ट्रायल–रेटेड जीपहरु पहिला एफसीएको मुख्यालयमा परीक्षण हुन्छ र त्यसपछि संसारका विभिन्न ट्रायलहरुमा चुनौतिको सामना गर्न पठाउने गरिएको कम्पनीले जनाएको छ । यस क्रममा यी जीपहरु उत्तरी मिशिगनको हिम क्षेत्र, क्यालिफोर्नियाको चट्टानी रुबीकन ट्रायल र उताहको चिप्लो सडकमा पनि पुग्छन् ।

हालसम्म जीप ¥यांग्लर, जीप ग्रान्ड चेरोकी, जीप चेरोकी, जीप रेनेगेड र जीप कम्पासले ‘ट्रायल–रेटेड’ ब्याज पाएका छन् । 


Back_to_top