एक हप्तामै भारतमा सार्वजनिक भयो नेपाल आउन सक्ने ३ नयाँ कार

काठमाडौं । भारतीय बजारबाट ९० प्रतिशतभन्दा बढी कार, जीप तथा भ्यान नेपाली बजारमा आउने गरेका छन् । यस्तोमा भारतीय बजारमा सार्वजनिक हुने हरेक गाडीमा हामीले विशेष प्राथमिकता दिएर समाचार संप्रेषण गर्दै आएका छौं ।

नेपाली बजारमा विशेष चल्तीमा रहेका ब्रान्डले गतहप्ता नयाँ मोडल सार्वजनिक गरेका हुन् । जसमध्य मारुती सुजुकी, हुन्डाई र कियाका पछिल्ला उत्पादनको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।  

हुन्डाई ग्रान्ड आई १० नियोस

हुन्डाई कम्पनीले भारतीय बजारमा ग्रान्ड आई १० नियोस सार्वजनिक गरेको छ । विभिन्न ६ भेरियन्टमा सार्वजनिक भएको नियोसको सुरुवाति मूल्य ४ लाख ९९ हजार भारु तोकिएको छ । 

ग्रान्ड आई १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । 

यसमा मेसिन कट अलोय ह्वील लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता दिइएको छ ।

ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । 

यस्तै, यसमा उपलब्ध १.२ डिजेल इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ । 

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग,  रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ । 

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 

मारुती सुजुकी एक्सएल ६ 

भारतीय बजारमा मारुती सुजुकी एक्सएल ६ सार्वजनिक भएको छ । विभिन्न चार भेरियन्टमा सार्वजनिक भएको यो मोडलको सुरुवाती मूल्य ९ लाख ७९ हजार भारु तोकिएको छ । 

यसमा इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग ल्याम्प, नयाँ बम्पर, क्रोम ट्रिटमेन्ट, दुई वटा होरीजेन्टल क्रोम लाइट दिइएको छ । मेसिन फिनीश अलोय ह्वील, टेल लाइट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, स्टेयरिंग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोलजस्ता विशेषता यस कारमा पाउन सकिन्छ । 

कम्पनीले यसमा एबीएस, इबीडी, अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, लेदर सिट, सनरुफ र इलेक्ट्रीकल्ली कन्ट्रोल सिटको विशेषता दिएको छ ।

एक्सएल–६ मा उपलब्ध के१५बी एसएचभीएस इन्जिनले ६ हजार आरपीएममा १०४.७  पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

गाडीको लम्बाई ४४४५ एमएम, चौडाई १७७५ एमएम, उचाई १७०० एमएम रहेको छ भने, २७ सय एमएमको ह्वील वेश दिइएको छ । 

किया सेल्टोस

कियाले भारतमा उतपादन गरेको आफ्नो पहिलो एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । कम्पनीले सेल्टोसलाई पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्वोचार्ज्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बोचार्ज्ड अप्सनमा सार्वजनिक गरेको हो । कम्पनीले सेल्टोस एसयूभीलाई १२ भेरियन्टमा बजारमा उतारेको छ ।

टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डल लगायतका विशेषता रहेको किया सेल्टोसमा ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषता दिइएको छ । 

डबल फ्रन्ट एयरब्यागको साथै एबीएस, इबीडी, रियर एसी भेन्ट जस्ता विशेषता दिइएको छ । किया सेल्टोस नर्मल, इको र स्पोर्टगरि तीन ड्राइभिङ मोडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१७ इन्च अलोय ह्वील, स्टाइलिस एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको एसयूभीको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६२० एमएम रहेको छ । २६१० एमएम ह्वीलवेश रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको कम्पनीले जनाएको छ ।


Back_to_top