महंगो भयो होन्डा साइन एसपी, एकै पटक बढ्यो १० हजार रुपैयाँ

काठमाडौं । होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा माटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा १२५ सीसीको क्षमताको होन्डा साइन एसपीको मूल्य एकै पटक १० हजार रुपैयाँले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा होन्डा साइन एसपी डिआरएसको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ बनाइएको छ । यसअघि डिआरएसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ थियो ।

त्यसैगरी साइन एसपी डिएसएसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि डिएसएसको मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको थियो ।

नयाँ मूल्यसूची अनुसार सीबी साइन डीआरस र डिएसएसको मूल्यको मूल्यमा पनि ५/५ हजार रुपैयाँले वृद्धि भएको छ । त्यस्तै होन्डा एक्स-ब्लेडको मूल्य ६ हजार रुपैयाँ र हर्नेट १६० को मूल्य ५ हजार रुपैयाँले वृद्धि भएको छ ।


Back_to_top