काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले लुयानको नयाँ स्कुटर नेपाल ल्याएको छ । प्रिमियम फिचर र यूरोपियन डिजाइनमा तयार भएको ‘एस ३०’ इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु भएको हो ।
लुयान एस ३० स्कुटरमा १.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड हव मोटर दिइएको छ । जुन मोटर सेग्मेन्टमा नै पहिलो भएको कम्पनीले दावी गरेको छ । यसमा ७२ भोल्ट ३२ एम्पियरको लिथियम आयोन ब्याट्री प्याक पाउन सकिन्छ ।
स्कुटरलाई एक पटक चार्जगर्दा १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो स्कुटरलाई ६० को स्पीडमा चलाउने हो भने ८० किलोमिटर र ४५ को स्पीडमा चलाउने हो भने १०० किलोमिटरसम्म रेन्ज आउने छ ।
लुयान एस ३० को दुबैतर्फ लिंकेज डिस्क ब्रेक भएका कारण थप सुरक्षित हुने कम्पनीले जानकारी दिएको छ । साथै, यो स्कुटरमा एलइडी डे टाइम रनिङ लाइट, रेडीयल एन्टी पंचर टायर, एन्टी थेफ्ट अर्लाम, रिमोट कन्ट्रोल, कि–लेस स्टार्ट र ७ इन्चको डिजिटल क्लस्टर जस्ता फिचर रहेका छन् ।
यसको डिजिटल कन्सोलमा स्पीड र चार्जको सहि डिस्प्लेका लागि एसओसी मोडुल जडान गरिएको छ । जसले स्कुटरको चार्ज र स्पीडलाई कन्सोलमा सहि प्रर्दशन गर्छ ।
लुयान एस ३० मा भएको अटो ह्वील लक, चाइल्ड सेफ्टी लक, यूएसबी पोर्ट जस्ता फिचरले स्कुटरलाई अझै सुरक्षित बनाएको कम्पनीको भनाई छ ।
लुयानका इलेक्ट्रीक स्कुटहरु चिनमा उत्पादन भएका हुन् । कम्पनीले यसअघि लुयान एमएनके ३ को विक्री गर्दै आएको थियो । एमएनके ३ को सफलताबाट उत्साहित कम्पनीले हाल यूरोपियन डिजाइनको नयाँ टेक्नोलोजिमा आधारित स्कुटर नेपाल ल्याएको हो ।
यो स्कुटरको मूल्य २ लाख ५४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

