टीभीएस अपाचे आरटीआर १६५ आरपी ‘सोल्ड आउट’

टीभीएस मोटर्सले भारतीय बजारमा सार्वजनिक गरेको लिमिटेड एशिडन अपाचे आरटटीआर १६५ आरपी सोल्ड आउट भएको छ । कम्पनीले २०० यूनिट मात्र उत्पादन गर्ने टीभीएस आरटीआर १६५ आरपी सोल्ड आउट भएको हो ।

अपाचे आरटीआर १६० फोर भीमा आधारित मोटरसाइकलमा १६५ आरपी ल्याएको हो । आगमि दिनमा अन्य मोडलको रेस पर्फमेन्स मोडलका रुपमा आउने अनुमानसमेत गरिएको छ

यो मोटरसाइकलमा १६४.९ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ ।यो इन्जिनले अधिकतम १९.२ पीएस पावर जेनेरेट गर्छ ।

यसमा स्लिपर क्लच, रियरमा २४० एमएम डिस्क, कलरफुल डिस्प्ले, एड्जष्टएवल ब्रेक र क्लच लिभर जस्ता फिचर उपलब्ध रहेको छ । बिशेषत यो मोटरसाइकलमा कस्मेटीक परिर्वतन पाउन सकिन्छ ।


Back_to_top