होन्डा रेबेल ५०० सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निमार्ता होन्डाले भारतीय बजारमा क्रुजर सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा क्रुजर सेग्मेन्ट अन्तर्गत होन्डा रेबेल ५०० मोटरसाइकल सार्वजनिक गरेको हो ।

रिबेल ५०० मोटरसाइकल डाइमन्ड फ्रेम, टाइमलेस क्रुजर र रेट्रो मोर्डन डिजाइनमा तयार गरिएको छ । यसमा आधुनिक टेक सुविधाहरू, स्कल्पटेड हाइ माउन्टेड फ्युल ट्याकं, पावरफुल इन्जिन, एग्रोनोमिक्स राइड पोजिसन र म्याट गनपाउडर मेटालिक ब्ल्याक सिंगल कलरको ग्राफिक्स पाउन सकिन्छ ।

होन्डाले विल्कुलै नयाँ शैलीमा बनाएको रेबेल ५०० मा ४७१ सीसीको, इनलाइन टू, प्यारलल ट्वीन सिलिण्डर, लिक्विड कुल्ड, आठ भल्ब, एफआई, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ४६ हर्स पावर तथा ४३.३ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।

यो मोटरसाइकलको फ्रन्टमा वाइड टेलिस्कोपिक फर्क र रियरमा सोवाको डबल सक अब्जर्भर, डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील र ट्युबलेस टायर रहेको छ ।

साथै यसमा पूरा एलईडी लाइट सेटअप, राउन्ड हेड्ल्याम्प, फ्युल गेज सिंगल पीस सिट र आवश्यक अनुसारको डिटेल्स देखिने पूरा डिजिटल एलसीडी डिस्प्ले दिइएको छ ।

स्ट्यान्डर्ड ब्ल्याक आउट सिंगल भेरियन्टमा उपलब्ध भएको होन्डा रेबेल ५०० मोटरसाइकलको मूल्य भारतीय बजारमा ५ लाख १२ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ ।


Back_to_top