काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा दुई नयाँ मोडलमा मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ ।
होन्डाले भारतमा भइरहेको मोटोजीपी रेसमा रेप्सोल भर्सनको हर्नेट २.० मोटरसाइकलर र डिओ स्कुटरको नयाँ रेप्सोल अपडेट भर्सन सार्वजनिक गरेको हो ।
नयाँ हर्नेट २.० रेप्सोल भर्सनमा १८४.४० सीसी फोर स्ट्रोक, सिंगल सिलिन्डर, बीएसभीआई आबीडी २ कम्प्लाइन्ट, पीजीएम इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम १७ बे्रकहर्स पावर र १५.९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा सिंगल च्यानल एबीएस, मोनोसक रियर सस्पेन्सका साथै डुयल पेटल डिसब्रेक पाउन सकिन्छ ।
हर्नेट रेप्सोल भर्सनमा पूरा एलईडी लाइट, एलईडी टेल ल्याम्प, स्प्लीट सीट, ट्याङकमा चाबी लगाउने सिस्टम, डिजिटल लिक्वीट क्रिस्टल इन्स्ट्रुमेन्ट प्यानल रहेको छ । जसले राइडरको डिटेल्सहरू दिने काम गर्छ । यसमा दिन र रातमानै धेरै राम्रो भिजिबिलिटी पाउन सकिन्छ ।

स्पोर्टी ग्राफिक्सका साथै सानदार डिजाइनमा रहेको हर्नेन २.० मा बडी प्यानल र अलोय ह्वील्समा रेप्जोल रेसिंग स्ट्राइप्समा डुयल कलरको कम्बिनेसनले निकै आकर्षक देखिएको छ ।
त्यसैगरी, नयाँ डिओमा १२३.९२ सीसी फोर स्ट्रोक, सिंगल सिलिन्डर बीएसभीआई ओबीडी टू कम्प्लाइन्ट फ्युल इन्जेक्टेड इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ९.२५ बे्रकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा इक्वलाइजरका साथै कम्बी ब्रेकिङ सिस्टम, टेलिस्कोपिक सस्पेन्सन, १२ इन्चको प्mन्ट अलोय ह्वील र तीन स्टेप एडजस्टेबल रियर सस्पेन्सन रहेको छ ।

रेप्जोल भर्सन डिओमा स्पोर्टी फ्रन्ट डिजाइन, एलइडी हेडल्याम्प, स्लीक पोजीसन ल्याम्प, ब्लाक आउट डुयल टिप मफलर, स्प्लीड ग्र्याब रेल, वेब डिस्कब्रेक, आरेन्ज कलरको मेटालिक अलोय ह्वील्स, नयाँ ग्राफिक्स, स्मार्ट की र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ भने यो स्कुटर डुयल कलर अप्सनमा उपलब्ध भएको छ ।
भारतीय बजारमा नयाँ रेप्जोल भर्सन हर्नेट २.० को मूल्य १ लाख ४० हजार र डिओ रेप्जोल भर्सनको ९२ हजार २०० रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको छ ।
कम्पनीले रेप्जोल भर्सनको हर्नेट २.० मोटरसाइकल र डिओ स्कुटर खरिद गर्दा १० वर्षको वारेन्टी समेत दिने जनाएको छ ।


