काठमाडौं । हुन्डाईले भारतमा समेत सन् २०२६ बाट उत्पादन थाल्ने योजना बनाएको ‘बायोन’ एसयूभी डिजाइनमा आउने देखिएको छ । यसअघि युरोपमा हुन्डाईले क्रसओभर मोडलको रूपमा बिक्री हुँदै आएको बायोन निकै क्लिन डिजाइनमा देखिएको हो ।

यस समाचारमा प्रयोग भएको तस्बिर परीक्षणमा देखिएको आधारमा ‘रेन्डर’ गरेर विभिन्न मिडियाले प्रकाशित गरेको हो । ठ्याक्कै यस्तै डिजाइनमा बजारमा उपलब्ध हुने बायोनको फ्रन्ट फेसिया विल्कुलै नयाँ देख्न सकिन्छ ।
निकै स्लीक डिजाइनमा लाइटहरूको प्रयोग गरेको देखिन्छ । ग्रिल र बम्पर पनि हुन्डाईले यसअघि प्रयोग गर्दै आएको भन्दा फरक छ । केही हदसम्म नयाँ जेनेरेशन कोनाबाट यसको फ्रन्ट डिजाइन प्रेरित भएको होकी भन्न सकिन्छ ।
हुन्डाईले बायोन एसयूभीमा विल्कुलै नयाँ डिजाइनको ह्वील प्रयोग गरेको देखिन्छ । साथै बडी क्लाइडिङ निकै स्लीक डिजाइनमा छ भने ह्वील आर्क निकै बाक्लो र मोटो देखिन्छ ।
पछाडि कनेक्टेड टेल लाइट, वाइपर, सार्कफिन एन्टिना र तल्लो भागमा स्कीड प्लेट प्रयोग भएको छ ।
अहिले दक्षिण कोरियामा यसको परीक्षण चलिरहेको छ । हुन्डाईले ‘बीसीफोरआई’ कम्प्याक्ट युटिलिटी भेहिकल भनेर यसको परीक्षण थालेको हो ।

विश्व बजारमा बिक्री हुँदै आएको बायोन क्रसओभर कै साइजमा आउने नयाँ मोडलको भारतमा नाम के राखेर आउँछ, त्यो एकिन भएको छैन । यसको लम्बाइ ४१८० एमएम, चौडाइ १७७५ एमएमर उचाइ १५०० एमएम रहने छ । यसमा २५८० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
तर, भारतमा ४ मिटरभन्दा केही छोटो साइजमा यसमा उपलब्ध हुने सहजै अनुमान गर्न सकिन्छ । किन भने भारतमा ४ मिटरभन्दा छोटा गाडीमा कर कम लाग्नेछ ।
हुन्डाईले नयाँ एसयूभीमा अल न्यू ड्यासबोर्ड, लेभल टु एडास, चारवटै चक्कामा डिस्क ब्रेक, सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर लगायत फिचरहरू दिने अनुमान गर्न सकिन्छ ।
कम्पनीले भेन्यूमा प्रयोग गरेको १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो पेट्रोल इन्जिनको साथमा ल्याउने अनुमान गरिएको छ ।

