एप्पलको नयाँ कारको साझेदार हुन्डाई !

काठमाडौं । विश्वमा इलेक्ट्रोनिक्स डिभाइस निर्माणमा सफल कम्पनी एप्पलले आफ्नो नयाँ प्रोजेक्ट अटोमोवाइलको लागि हुन्डाईसँग सहकार्य गर्ने तयारी गरिरहेको समाचार बाहिर आएको छ ।

एप्पलले त्यसको लागि हुन्डाईसँग प्रारम्भिक कुराकानी गरिरहेको बताएको छ भने, हुन्डाईले सुरुवाती चरणमा छलफल भइरहेकाले के हुन्छ भन्ने विषय अहिल्यै भन्न नसक्ने बताएको छ ।

एप्पलले आफ्नो प्रोजेक्टमा हुन्डाई मोटर्स कम्पनीलाई २० प्रतिशत सेयर हिस्सा दिने विषयमा छलफल गरिरहेको जनाएको छ । त्यसको विषयमा हुन्डाईले आन्तरिक छलफल भइरहेको जनाएको छ । दुबै कम्पनी मिलेर ल्याउन लागेको अटोमोवाइल डिभिजनको लगानी ९ विलियन अमेरिक डलर हुने बताइएको छ ।

यस विषयमा हुन्डाई मोटर्सले भनेको छ, ‘एप्पलले अटोमोवाइलमा नयाँ पाटनरको खोजी गरिरहेको छ । जसले अटोनोमस इलेक्ट्रीक कारको लागि काम गर्ने छ ।’

एप्पलको पहिलो इलेक्ट्रीक कार सन् २०२४ सम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । हुन्डाई मोटर्ससँग विद्युतीय गाडी उत्पादनको लामो अनुभव रहेकाले एप्पलले उसँग सहकार्य गर्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले अनुमान गरेका छन् ।

हुन्डाईले विकास गरेको इ-जिएमपी प्ल्याटर्फमको प्रयोग गरेर एप्पलले आफ्नो पहिलो कार बजारमा ल्याउन सक्ने छ । नयाँ आउने इभीले ५०० किलोमिटर भन्दा बढी रेञ्ज प्रदान गर्ने अनुमान गरिएको छ ।


Back_to_top