काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित एसयूभी क्रेटामा केही फिचरहरू थप गर्ने जानकारी दिएको छ । कम्पनीले यस गाडीमा फ्रन्ट प्यासेन्जर सिटबेल्ट रिमान्डर तथा स्पीड अलर्ट सिस्टम दिन लागेको हो ।
साथै, कम्पनीले यी थप फिचरहरू आफ्नो सबै भेरियन्टमा उपलब्ध हुने जनाएको छ । भारतीय बजारमा क्रेटा ६ भेरियन्टमा उपलब्ध रहेको छ ।
आउँदै गरेको क्रेटाको सबै भेरियन्टमा एलईडी टेल ल्याम्प र केही भेरियन्टमा भ्यान्टिलेटेड सिटको समेत प्रयोग गरिएको छ । तर, यस विषयमा कम्पनीले आफ्नो आधिकारीक धारणा भने राखेको छैन ।
नेपाली बजारमा पनि सर्वाधिक रुचाइएको यो एसयूभी पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध रहेको छ ।
हुन्डाईको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले क्रेटाको पेट्रोल भेरियन्टको सुरुवाति मूल्य ४२ लाख ५६ हजार र टप भेरियन्टको मूल्य ५९ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।
नेपाली बजारमा डिजेल भेरियन्टको क्रेताको सुरुवाति मूल्य ४९ लाख ५६ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ५८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

