काठमाडौं । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको जावा मोटरसाइकल यो वर्ष सर्वाधिक खोजिएको दुइपाङ्ग्रे सवारीको पहिलो स्थानमा परेको छ ।
युवापुस्ताको विशेष रोजाइमा परेको यो मोटरसाइकल गुगलमा सबैभन्दा बढी खोजिएको मोडल बनेको हो । यसको साथै, २०१८ मा गुगलमा सर्वाधिक खोजी भएका पाँच मोडलहरु यस्ता रहेका छन् ।
जावा
जावाले भारतीय बजारमा ल्याएको जावा–३०० र जावा–४२, यो वर्ष सर्बाधिक खोजिएको मोडलको पहिलो स्थानमा परेको छ ।

यी मोडलको मूल्य भारतीय बजारमा १ लाख ६४ हजार र १ लाख ५५ हजार भारतीय रुपैयाँ तोकिएको छ । २०१८ मार्च÷अप्रिल महिनाबाट यी मोटरसाइकलको बिक्री वितरण सुरु भएको हो ।
टीभीएस अपाची
स्कुटर तथा मोटरसाइकल निर्माता कम्पनी टीभीएसले बजारमा ल्याएको अपाची आरआर ३१० गुगलमा सर्बाधिक खोजिएको मोडलको दोस्रो स्थानमा परेको छ ।

भारतीय बजारमा कम्पनीको चर्चित मोडल अपाची १६० देखि आरआर ३१० सम्म बिक्री वितरण गरिरहेको छ । नेपाली बजारमा समेत बिक्री वितरण भैरहेको यो मोडल प्रति युवापुस्ताको विशेष आकर्षण देखिएको छ ।
सुजुकी इन्टुडर
सुजुकी कम्पनीको आइकोनिक मोटरसाइकल इन्टुडर सर्बाधिक खोजिएको दुइपाङ्ग्रे सवारीको तेस्रो स्थानमा परेको छ । १ सय ५० सीसीको यो मोटरसाइकल सुजुकी इन्टुडर एम १८०० आरको नयाँ संस्करण हो ।

इन्टुडरमा सुजुकीको सस्तो क्रुज बाइक हो । एबीएससहित नेपाली बजारमा बिक्री वितरण भइरहेको यसको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।
टीभीएस एनटर्क

टीभीएस कम्पनीको चर्चित स्कुटर एनटर्क सर्वाधिक खोजिएको दुईपाङ्ग्रे सवारी अन्तर्गत परेको छ । नेपाली बजारमा समेत निक्कै रुचाइएको यो मोडलमा अल डिजिटल एलसिडी स्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ नेभिगेसनलगायतका विशेषताका कारण चर्चित रहेको छ । यो मोडलको नेपाली बजारमा मूल्य २ लाख १४ हजार ९०० (ड्रम) र २ लाख २४ हजार ९०० (डिस्क) रहेको छ ।
सुजुकी बर्गम्यान स्ट्रिट

सुजुकी कम्पनीको आकर्षक स्कुटर बर्गम्यान स्ट्रिट पनि गुगलमा सर्बाधिक खोजिएको मोडल हो । नेपाली बजारमा यो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । सुजुकी बर्गम्यान स्ट्रिट म्याक्सी स्कुटरको रुपमा परिचित छ । यसमा उपलब्ध–१२५ सीसीको सिंगल सिलिन्डर एसओएचसी, फोर स्ट्रोक इन्जिनले १० बीएचपीको पावर दिन्छ ।
यसका साथै, हिरो एक्सस्ट्रीम २०० आर, टीभीएस रेडोन, हिरो डेस्टिनी, हिरो एक्सप्लस–२०० र बिएमडब्ल्यु जी–३१० सर्बाधिक खोजिएका मोटरसाइकल तथा स्कुटरको सुचिमा परेका छन् ।


