काठमाडौं । जनवरी १७ तारिखमा सार्वजनिक भएको क्रेटा ईभीसँगै हुन्डाई क्रेटाले भारतमा बिक्री रेकर्ड बनाएको छ । सन् २०१५ बाट उत्पादन सुरु भएको क्रेटा एक महिनामै १८ हजार ५२२ युनिट बिक्री पुगेको हो ।
यसअघि औषतमा १४/१५ हजार युनिट बिक्री हुँदै आएको क्रेटाको इलेक्ट्रीक मोडल पनि थपिएपछि बिक्रीमा बढोत्तरी भएको हो ।
‘क्रेटा ईभीले पनि निकै राम्रो प्रतिक्रिया पाउन थालेको छ । पेट्रोलियम पदार्थबाट चल्ने क्रेटाको माग उच्च नै छ । यी दुबैलाई मिलाएर पहिलो पटक यति ठूलो संख्यामा क्रेटा बिक्री गर्न सफल भएका छौं’, होलटाइम डाइरेक्टर तथा सीओओ हुन्डाई मोटर इन्डियाका तरुण गर्गले भने ।
हुन्डाई मोटर इन्डियाले जनवरी २०२५ मा ६५ हजार ६०३ युनिट कार बिक्री गरेको छ । त्यसमध्ये ५४ हजार ३ युनिट कार भारतमा बिक्री गर्दा ११ हजार ६०० युनिट भारतबाट निर्यात गरेको छ ।

