काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले क्रेटाको पर्फमेन्स मोडलको बुकिङ खुल्ला गरेको छ । भारतीय बजारमा क्रेटा एनलाइन नामबाट आएको पर्फमेन्स मोडलको बुकिङ खुल्ला भएको हो ।
जनवरीमा मात्रै हुन्डाईले आफ्नो सफल मोडल क्रेटाको फेसलिफ्ट भारतमा बिक्री सुरु गरेको थियो । दुई महिनाभन्दा छोटो अवधिमा ६० हजार यूनिटभन्दा बढी बुकिङ भएको क्रेटाको पर्फमेन्स मोडलको पनि बुकिङ खुल्ला भएको हो । भारतमा २५ हजार टोकन लिएर बुकिङ खुल्ला गरेको हुन्डाईले जनाएको छ ।
अहिले बुकिङ सुरु भएपनि यसको आधिकारी लन्च भने मार्च ११ तारिखमा हुनेछ । कम्पनीले एनलाइन मोडललाई थप स्पोर्टी बनाएर ल्याउन लागेको हो ।
यसको अगाडि बम्परमा पनि ठूलो साइजको एयर इन्टेक दिएको छ । रेगुलर क्रेटामा रहेकोभन्दा ठूलो १८ इन्चको ह्वील यसमा दिइएको छ । एसयूभीको धेरै स्थानमा ‘एन लाइन’ इम्बोष्ड गरिएको छ ।
इन्टेरियरमा रेड कलरको एसेन्ट्स प्रयोग गर्दै आएको हुन्डाइले क्रेटा इन लाइनमा पनि निरन्तरता दिनेछ । साथै, सिट लगायतका विभिन्न स्थानमा एन लाइनको व्याजिङ दिइने छ ।
कम्पनीले एन लाइन मोडलमा १.५ लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६० हसपार्वर प्रदान गर्नेछ भने, डीसीटी अटोमेटीक गियरबक्स रहेको छ ।


