काठमाडौं । ‘हुन्डाई फेस्टीभ डिलाइट-२०८०’को विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाई बनेका छन् । उनले हुन्डाईको लेटेस्ट एसयूभी एक्सटर जितेका हुन् ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संचालन गरेको ‘फेस्टीभ डिलाइट २०८०’ गत वर्षको भदौदेखि मंसिरसम्म संचलानमा थियो । चाडपर्व लक्षीत उक्त स्कीममा गाडी किन्ने ग्राहकले ६ लाखसम्मको नगद छुट, एक वर्षको बीमा, वार्षिक कर, त्यस्तै स्क्र्याचकार्ड मार्फत एक लाखसम्मको नगद छुट प्रदान गरेको थियो ।
हुन्डाई नेपालको फेसबुक पेज मार्फत लक्की ड्र सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रम कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनाल मुख्य अतिथि रहेर सम्पन्न भएको कम्पनीले जनाएको छ ।
अलायन्स मोटर्स प्रालि बिर्तामोडबाट कुपन नम्बर ५३ रहेका इन्द्रले आज भएको लक्की ड्र मार्फत एक्सटर कार जितेका हुन् ।