काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० टूभी रेस एडिशन सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा आरटीआर १६० टू भीको ग्राफिक्स परिर्वतनका साथ फिचर थप गरेर रेस एडिशन सार्वजनिक गरेको हो ।
कम्पनीले रेस ग्राफिक्समा ल्याएको अपाचे आरटीआर १६० टू भीको मूल्य १ लाख २८ हजार भारतीय रपैयाँ निर्धारण गरेको हो ।
रेस एडिशनको फ्यूल टंयाकिमा ‘रेस एडिशन लोगो राखिएको छ । भने यसमा तीन राइड मोड थप गरिएको छ । जसमा रेन, स्पोर्टस् र अर्वान मोड छन् ।
आरटीआर १६० टू भी रेस एडिसनमा एलइडी लाइटस्, फुल डिजिटल कन्सोलसहित स्मार्ट एक्स कनेक्ट फिचर तथा ग्लाईड थ्रु टेक्नोलोजी जस्ता फिचर थप गरिएको छ ।
यसका अलावा कम्पनीले इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन् । आरटीआर १६० टू भीमा रहेको १६० सीसी सिंगल सिलिन्डर इन्जिनले १५.८२ पिएस पावर र १३.८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।


