स्कोडाले परिमार्जन गर्दै कुशक एसयूभी

काठमाडौं । स्कोडाले आफ्नो कम्प्याक्ट एसयूभी कुशकको फेसलिफ्ट मोडल ल्याउने भएको छ । करिब ३ वर्ष अगाडि लन्च भएको स्कोडा कुशकको मिडलाइफ फेसलिफ्ट आउने भएको हो ।

स्कोडाले बीच बीचमा विभिन्न नयाँ फिचरसहित स्पेशल एडिसन ल्याएर अपग्रेड गर्दै ल्याएको कुशकलाई आगामी वर्ष फेसलिफ्ट गर्न लागेको हो । कुशक फेसलिफ्टमा फ्रन्ट तथा रियरमा कनेक्टेड लाइट थीम रहेको छ ।

कनेक्टेड लाइट अहिलेको मोडलहरुको चल्तीको डिजाइन हो । नयाँ कुशकमा रिडिजाइन भएको हेडल्याम्प र बम्पर दिइने छ ।

यसको इन्टेरियरमा केहि कस्मेटीक अपडेट हुनेछ । अब कुशकमा प्यानारोमीक सनरुफ तथा एडास फिचरसमेत थपिने छन् । कुशकमा पहिले नै भएको ६ वटा एयरब्याग, भेन्टीलेटेड सिट, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, टच स्कृन इन्फोटेन्मेन्ट निरन्तरता पाउने छन् ।

नयाँ कुशकमा मेकानीकल फिचरहरुमा पनि कुनै परिवर्तन हुने संकेत छैन । यसमा पहिलाको जस्तै ११५ हर्स पावर दिने १.० लिटर टीएसआई र १५० हर्स पावर भएको १.५ लिटरको टीएसआई इन्जिन रहनेछ । यो एसयूभीमा ६ स्पीड म्यानुअल, ६ स्पीड अटोमेटीक र ७ स्पीड डीसीटी गियरबक्समा ल्याउने छ ।


Back_to_top