हुन्डाईका कार किन्दा १० लाखसम्म छुट पाइने, आयो ‘फेस्टिभ अफर २०८१’

काठमाडौं । हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित ‘फेस्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको दशैं, तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन विगतका वर्षहरुमा जस्तै आकर्षक उपहारहरु सहित स्कीम सार्वजनिक गरेको हो ।

यसवर्ष पनि पुरानै परम्परा कायम राख्दै कम्पनीले १ जना भाग्यमानी ग्राहकलाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत दिने घोषणा गरेको छ । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत हुन्डाई गाडीको खरीदमा १० लाखसम्म नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका र १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
भदौ ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

साथै, कम्पनीले अहिले चलाई रहेको हुन्डाई टेष्ट ड्राइभ एण्ड वीन क्याम्पेन अन्तर्गत रहेका एसयूभी क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार जित्न सक्ने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम, १९ सर्भिस सेन्टर र ४३ भन्दा धेरै स्थानमा रहेको चार्जिङ पोइन्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।


Back_to_top