अपग्रेड भयो ‘मेड इन इन्डिया हार्ले’

काठमाडौं । हिरोले निर्माण गरेको हार्ले एक्स ४४० नयाँ कलरमा आएको छ । हिरो मोटो कर्पले भारतमा उत्पादन गरेको हार्ले एक्स ४४० को मिड र टप भेरियन्ट नयाँ कलरमा ल्याएको हो ।

हिराले ल्याएको नयाँ कलरमा हार्ले एक्स ४४० को मूल्य भने वृद्धि गरेको छैन । हार्ले एक्स ४४० तीन भेरियन्टमा उपलब्ध छ । वेस भेरियन्टको रुपमा डेनिम, मिड भेरियन्ट भिभिड र टप भेरियन्ट एसमा उपलब्ध छ । कम्पनीले भिभिड र एसलाई नयाँ कलर अप्सनमा ल्याएको हो ।

मिड भेरियन्ट भिभिडलाई कम्पनीले दुई नयाँ कलरमा ल्याएको छ । कम्पनीले गोल्डफिस र मस्टर्ड कलरमा ल्याएको हो । यसको भारतमा एक्स शोरुम मूल्य २ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, टप भेरियन्ट एस भने अरेन्ज कलर अप्सनमा आएको छ । यसको एक्स शोरुम मूल्य २ लाख ७९ हजार ५०० भारतीय रुपैयाँ तोकिएको छ । कम्पनीले दुबै भेरियन्टमा थ्रीडी लोगो प्रयोग गरेको छ । यसका अलावा मोटरसाइकलमा अन्य परिर्वतन गरिएको छैन ।

हार्ले एक्स ४४० मा सिगंल सिलिन्डर, एयरकुल्डका साथ आयल कुलर इन्जिन दिइएको छ । यो इन्जिनले २७ पीएस पावर जेनेरेट गर्छ । यसमा स्लिपर एसिस्ट क्लच उपलब्ध छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । मोटरसाइकलको फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा ट्वीन सक एब्जर्भर प्रयोग गरिएको छ ।

एक्स ४४० को एक्जष्ट, टर्न इन्डिकेटर तथा हेडल्याम्प रेट्रो डिजाइनको छ । त्यस्तै राउन्ड सेप एलइडी डिआरएलसतिहको हेडल्याम्प पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top