यूरोपियन डिजाइनमा नेपाल आयो नयाँ जेनेरेशन हुन्डाई आई २०, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक यूरोपियन डिजाइनमा तयार भएको हुन्डाई आई २० नेपाल ल्याएको हो ।

भारतमा बनेको यो प्रिमियम ह्याचव्याक कार तेस्रो जेनेरेशनबाट यूरोपियन डिजाइनमा तयार भएको हो । नेपालमा हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि परिचित मोडल हो ।

भारतमा करिब एक वर्षअघि नै सार्वजनिक भएपनि नेपालमा यसको विक्री सुरु हुन सकेको थिएन । कम्पनीले अनलाइन मार्फत आजबाट नेपालमा यसको विक्री सुरु गरेको हो । नयाँ जेनेरेशन आई २० मा १.२ लिटर क्षमताको कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

भारतीय बजारमा १.५ लिटर डिजेल र १.० लिटर टर्बो इन्जिनमा पनि उपलब्ध रहेको आई २० नेपालमा भने १.२ लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक रहेको छ । ठूलो ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, जेड आकारको एलइडी टेल ल्याम्प, १६ इन्च डायमण्ड कट अलोय ह्वील जस्ता विशेषताले यसको एक्स्टेरियरलाई निकै आकर्षक बनाएको छ ।

प्रिमियम सिट, व्ल्याक करल इन्टेरियर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि र पछाडि नै आर्म रेष्ट जस्ता फिचरले आई २० मा यात्रा गर्ने यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् ।

यो प्रिमियम ह्याचव्याक सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र टायर प्रेसर मोनिटरिङ सिस्टम यसमा पाउन सकिन्छ ।

कम्पनीले दुई भेरियन्टमा नेपाल ल्याएको आई २० को म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकेर विक्री सुरु गरेको हो ।


Back_to_top