क्रसफायर ‘आरएम २५०’ को कि-सेटमा समस्या, कम्पनीले निःशुल्क परिर्वतन गरिदिने (सूचनासहित)

काठमाडौं । क्लासिक ह्वीलले विक्री गर्दै आएको आरएम २५० रेश एडिशनका ग्राहकका लागि सूचना प्रकाशित गरेको छ । २०७८ बैशाखपछि विक्री गरिएको ‘आरएम २५०’ रेश एडिशनको कि-सेटमा समस्या देखिएको कम्पनीले सूचना प्रकाशित गर्दै आफ्ना ग्राहकलाई जनाकारी दिएको हो ।

बैशाख २०७८ पछि आएको आरएम २५० रेश एडिशनका केही मोटरसाइकलको कि-सेट (साचो राख्ने स्थान) बाट पानी लिकेज भएर इलेक्ट्रीक सर्ट हुने समस्या देखिएको कम्पनीले जनाएको छ । यस्तो समस्या देखिएपछि कम्पनीले आफ्नो डिलर नेटवर्क मार्फता सबै ग्राहकलाई सम्पर्क गरेको जनाएको छ । कम्पनीका अनुसार यो समस्या समाधान गर्न कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

‘हाल समस्या देखिएका मोटरसाइकलमा हामीले टेम्पोररी शोलुशन दिएका छौं, अबको केही समय पश्चात् सबै मोटरसाइकलको कि-सेट नै परिर्वतन गरिदिने तयारी भइरहेको छ’ क्लासिक ह्वीलका मार्केटिङ मेनेजर अनायास चन्द्र गुरुङले मेरोअटोसँग भने ।

उनका अनुसार हाल समस्या देखिएका मोटरसाइकलको कि-सेट परिर्वतन गर्न कुनैपनि शुल्क लाग्नै छैन । बजारमा आएका अनाधिकृत हल्लाको पछि नलाग्न समेत कम्पनीले आफ्ना सबै ग्राहकलाई अनुरोध गरेको छ ।

क्रसफायर डिलर नेटर्वकबाट सम्पर्क नभएका कोही ग्राहक छन् भने पनि यथाशिघ्र कम्पनीमा सम्पर्क गर्न भनिएको छ ।


Back_to_top