काठमाडौं । काेरियन कार निर्माता हुन्डाईले ५५ मिलियन वान (करिब ७० लाख नेपाली रुपैयाँ) सुरुवाती मूल्य तोकेर नयाँ आयोनीक सिक्स सेडान कार कोरियन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको आयोनीक सिक्स प्रिमियम सेडान कार हो ।
हुन्डाई मोटर कम्पनी (हुन्डाई र किया) मिलेर अहिले विश्व ईभी बजारमा १२ प्रतिशत बजार हिस्सा ओगटेका छन् । हुन्डाईले कोना र आयोनीक फाइभ विक्री गर्दै आएको छ भने कियाले सोल, निरो र ईभी फाइभ विक्री गरिरहेको छ ।
हुन्डाईले नयाँ प्रिमियम सेडानको रुपमा बजारमा ल्याएको आयोनीक सिक्समा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसमा कम्पनीले ५३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याकमा रियर ह्वील ड्राइभ भर्सन र ७७.४ किलोवाट आवरको ब्याट्रीमा अल ह्वील ड्राइभ भर्सन ल्याएको हो ।
विश्वकै विश्वसनिय माएिको डब्लूएलटीपीले यसले प्रति १४ किलोवाट आवर ब्याट्रीले १०० किलोमिटर गुड्ने प्रमाणित गरेको छ । यस हिसावले रिजेनेरेशन सहितको हिसाव गर्दा अल ह्वील ड्राइभ भर्सनले ६१० किलोमिटर रेन्ज प्रदान गर्छ ।

हुन्डाईले स्टायडर्ड भेरियन्टमा १६० किलोवाट क्षमताको मोटर दिएको छ भने लङ रेन्ज अल ह्वील ड्राइभ मोडलमा २४० किलोवाटको मोटर रहेको छ ।
हुन्डाईको ई-जिएमपी प्लेटफर्ममा बनेको यो कारले ८०० भोल्ट चार्जिङ टेक्नोलोजी सपोर्ट छ । त्यसैले यसलाई ३५० किलोवाट क्षमताको चार्जरले १८ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आधुनिक र मोर्डन इन्टेरियर रहेको यो कारमा १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १२ इन्चको डिजिटल क्लष्टर, ड्यूल कलर एम्बीयन्ट लाइट, गाडीको गति अनुसार अटोमेटीक प्रयोग हुने लाइट, स्पेशल सिट, बोसको ८ वटा स्पीकर, स्टेरिङमा पिक्सेल लाइट र एडीएएस फिचर दिइएको छ ।


