एक्सपल्स २०० फोर भी र्‍याली किट सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी र्याली किटको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले केही दिन भित्र र्याली भर्सन तथा र्याली किट सार्वजनिक गर्ने भएको हो ।

हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी र्याली किटको मूल्य ४६ हजार भारतीय रुपैयाँमा सार्वजनिक गरेको छ । फोर भी र्याली एडिशन भने केही दिनपछि बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

केही दिनअघि एक्सपल्स २०० फो भी र्‍याली एडिशन पहिलो तस्बीर सार्वजनिक भएको थियो ।

नयाँ र्‍याली किट भेरियन्ट रेगुलर मोटरसाइकलको तुलनामा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेस रहने छ । यसमा रेगुलर मोडलको भन्दा लामो ट्राभल सस्पेन्सन रहने छ ।

र्‍याली किट भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्‍याली सिट, तथा अफरोड टायर हुनेछ । यसका अलावा र्‍याली भर्सनमा नयाँ ग्राफिक देख्न सकिने छ ।


Back_to_top