हुन्डाई र कियाको लगानी रिम्याकमा, पावरफुल इभी ल्याउने

पछिल्लो समय इलेक्ट्रीक सवारी उत्पादनमा आक्रमकरुपमा अगाडि आएका हुन्डाई र किया मोटर्सले हाई पर्फमेन्स इलेक्ट्रिक कार उत्पादनका लागि क्रोएसियन कम्पनी रिम्याकमा ९० मिलियन डलर लगानी गर्ने भएका छन् ।

सम्झौँतापछि हुन्डाईले स्पोर्ट्स कार र हाई पर्फमेन्स फ्युल सेल इलेक्ट्रीक भेहिकल सन् २०२० को अन्त्यसम्ममा ल्याउने छ । 

हुन्डाई मोटर ग्रुपका एक्जिक्युटिभ भाइस चेयरम्यान युसुन चुङले हाई पर्फमेन्स इलेक्ट्रीक भेहिकलका लागि रिम्याक लोकप्रिय ब्रान्ड भएकोले आइडियल पार्टनरको रुपमा कार्य गर्नका लागि रोजेको जानकारी दिए । 

रिम्याक अटोमोबिलका फाउन्डर तथा सीईओ मेट रिम्याकले आफूहरु सानो स्टार्टअप कम्पनी भए तापनि हुन्डाई ग्रुपसँग सहकार्य गर्न पाउदा निकै उत्साहित भएको र यसबाट आगामी दिनमा यो क्षेत्रको पहिलो कम्पनी बन्नमा सहयोग पुग्ने बताए । 

रिम्याकले विश्वका धेरै अटोमोटिभ कम्पनीहरुका लागि विशेष प्रकारको इलेक्ट्रिफिकेसन सिष्टमको उत्पादन गर्छ । यसको हेडक्वाटर क्रोएसियाको जाग्रेबमा छ । रिम्याकले सन् २०२० को प्रारम्भदेखि ब्याट्री प्याक, पावरट्रेन सिष्टम र सी–टु हाइपर कार उत्पादन गर्ने योजना बनाएको छ ।


Back_to_top