हुन्डाईको नाडा तथा दशैं-तिहार अफरः नयाँ कार किन्नेलाई भेन्यू जित्ने अवसर

काठमाडौं । हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले नयाँ योजना ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ सार्वजनिक गरेको छ । 

कम्पनीले नाडा अटो शो, दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको हो । भदौ २ गतेदेखि सुरु भएको यो योजना आगामी कात्र्तिक १६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीको योजना अन्र्तगत ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । यस्तै, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्रदान गरिने कम्पनीलेजनाएको छ । 

बम्पर उपहार अन्तर्गत ग्राहकले लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यू कार एक–एक थान जित्न सक्ने छन् । यस्तै, नयाँ योजना अनुरुप ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बीमा सुविधा पाउने छन् ।

हुन्डाईको सबै गाडीमा ३ वर्ष वारेन्टी र ४ वर्ष निःशुल्क सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । हाल, कम्पनीले नेपाली बजारमा सेन्ट्रो, ग्रान्ड आई १०, इलाइट आई २० आस्ता, आई २० एक्टिभ, एक्ससेन्ट, क्रेटा, टुसान, सान्ताफे लगायत कारको बिक्री गर्दै आएको छ । यसैबीच, कम्पनीले अटो शोमा नयाँ कार भेन्यू शोकेस गर्नेछ । 


Back_to_top