काठमाडौं । चारपाँग्रे सवारी कम्पनी फोर्डको लागि नेपालको आधिकारीक वितरक जिओ अटोमोवाइल प्राइभेट लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको छ ।
कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटो शोलाई मध्यनजर गर्र्दैै ‘सिधै क्यास, नो बकवास्’ नामक आकर्षक अफर ल्याएको हो । कम्पनीको यो अफर भदौ १ गतेबाटै लागु भएको हो ।
कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले तीन ओटासम्म स्क्राच कार्ड कोट्याउन पाउने छन् । ग्राहकले प्राप्त गरेको स्क्राच कार्ड मार्फत अधिकतम ३ लाख छुट पाउने कम्पनीले जनाएको छ । क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयलीटी बोनस प्रदान गर्ने योजना कम्पनीले अगाडि ल्याएको हो ।
यो अफर आफ्ना सबै मोडलमा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा इकोस्पर्ट, इन्डेभर, एस्पायर, फ्रि स्टाइल र फिगो जस्ता मोडल बिक्री गर्र्दै आएको छ । कम्पनीले नाडा अटो शोमा यी सबै मोडल प्रदर्शन गर्ने जनाएको छ ।


