क्रसओभर कारमा कमव्याक गर्दै हुन्डाई, बन्ला आई-२० एक्टीभ चाहानेको रोजाई

काठमाडौं । हुन्डाईले चार मिटरभन्दा छोटो साइजमा नयाँ क्रसओभर मोडल ल्याउने भएको छ । हुन्डाईको क्रेटा र भेन्यूभन्दा सानो हुने नयाँ क्रसओभर मोडल यूरोपमा बिक्री हुँदै आएको हुन्डाई बायोनमा आधारित रहने छ ।

दक्षिण एशियाली बजारमा एसयूभी माग बढ्दै गएकाले कम्पनीले अबका दिनमा थप एसयूभी मोडल बनाउन लागेको हो । भारतमा हुन्डाईले नयाँ नयाँ एसयूभी ल्याउने योजना सार्वजनिक गरेको छ ।

हुन्डाईले ल्याउन लागेको नयाँ कार भारतमा निकै राम्रो ब्यापार गरिरहेको मारुती सुजुकी फ्रङ्क्ससँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको हो । यो कारको लन्चिङ भने सन् २०२७ मा मात्र हुने अनुमान गरिएको छ ।

हुन्डाइको नयाँ एसयूभी नयाँ जेनेरेशन आई-२० को प्लेटफर्ममा बन्नेछ । कम्पनीले यसमा भेन्यूमा रहेको १.२ लिटर इन्जिनसँगै इलेक्ट्रीक भर्सनमा पनि ल्याउन सक्ने देखिन्छ । तर, कम्पनीले यसमा रहने इन्जिन वा मोटरको विषयमा केही जानकारी गराएको छैन ।

हुन्डाईले यसअघि पनि आई २० एक्टीभलाई क्रसओभर डिजाइनमा ल्याएको थियो । नेपालमा निकै राम्रो ब्यापार गरेको आई २० एक्टीभले भारतमा भने राम्रो बिक्री पाएको थिएन । त्यसले कम्पनीले यसको उत्पादन बन्द गरेको थियो ।


Back_to_top