हुन्डाईको नयाँ कम्प्याक एसयूभी पाँच महिना भित्र आउने, के होला नाम ?

दक्षिण कोरियाको अटो उत्पादक कम्पनी हुन्डाई हालैमात्रै चर्चित मोडल सेन्ट्रो बजारमा ल्याएको थियो । अब भने, २०१९ को पहिलो क्वाटरमा उत्पादन कोण क्यूएक्सआई (२०१६ दिल्ली अटो शोमा दिइएको नाम क्यार्लिनो) कम्प्याक एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको हो । 

सब फोर मिटर सेग्मेन्टमा रहेका मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्शान, फोर्ड ईको–स्पोर्ट र आउँदै गरेको महिन्द्रा एस–२०१ सँग यसले कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । क्यूएक्सआई कोडनेम राखिएको उक्त मोडललाई ‘इस्टेक’ नाम दिइने अनुमान गरिएको छ । यस मोडलले बजारमा आफ्नो अलगै स्थान पाउने कम्पनीको दाबी छ ।

यसमा १.० लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइने कम्पनीले जनाएको छ । अटोमेटिक ट्रान्समिसनको साथ आउने यो कम्प्याक एसयूभीमा हुन्डाईले प्रिमियम फिचर दिने छ । साथै, नयाँ ग्रिलको साथ आउने गाडीमा आइब्रो–हेडल्याम्प दिइने छ । 

सुरक्षालाई मध्यजनर गर्दै कारमा डबल फ्रन्ट एयर ब्याग, एबीएस र ईबीडीजस्ता विशेषता, रिर्भस पार्किङ सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड वार्निङ्ग सेन्सरजस्ता फिचर दिइने कम्पनीले जनाएको छ । कम्पनीले सन् २०१६ को अटो एक्स्पोमा क्यारलिनो अवधारणालाई सार्वजनिक गरेको थियो । सोही अवधारणामा संभावित नाम (इस्टेक) मोडल निर्माण गरिएको हो । 


Back_to_top