टाटा मोटरले आफ्नो बहुप्रतिक्षित प्रिमियम एसयूभी ह्यारीयर तयार पारेको छ । कम्पनीले प्रस्तुत गरेको ‘टाटा–एच–५ एक्स कन्सेप्ट’ कारलाई ह्यारीयर नामाकरण गरिएको हो । कम्पनीले कन्सेप्ट कार र उत्पादित कारमा कति फरक पारेको छ भन्ने विषयमा हामी तपाईलाई जानकारी दिने उद्देश्यले हामीले यो रिपोर्ट तयार पारेका हौं ।
सन् २०१९ को जनवरीबाट बिक्री वितरण सुरु हुने ह्यारीयर र अटो एक्स्पो २०१८ मा प्रर्दशन गरिएको एच–५ एक्स मा कस्ता भिन्नता रहेका छन् भन्ने उत्सुकता सवारीसाधनमा चासो राख्ने जो कोहीमा हुनु स्वभाविक हो ।
स्टाइल
टाटा ह्यारीअरको डिजाइन टाटा–एच–५ एक्सको जस्तो सिल्क रहेको छ तर, एग्रेसिभ रहेको छैन । कम्पनीले यो प्रोडक्सन भर्सनमा नर्मल डिजाइनको प्रयोग गरेको छ । यसरी डिजाइनमा परिर्वतन हुनुको पछाडि मूल्य घटाउन कम्पनीले भरसक प्रयास गरेको देखिन्छ । ह्यारीयरको ग्रील खुला गरिएको छ भने, फ्रन्टमा स्किड–प्लेट राखेको छ । यस गाडीको ट्री–एरो प्यार्टनको ठाउँमा कम्पनीले ड्यूल–बीम हेडल्याम्प र फग–ल्याम्प राखेको छ । यसले मूल्य घटाउन कम्पनीलाई सहयोग पुगेको हो ।
कन्सेप्ट भर्सनको गाडीको साइडमा स्क्वारिश फेन्डर राखिएको छ, तर प्रोडक्सन भर्सनमा गोलो फेन्डर दिइएको छ । जसको कारण ह्यारीयरको ओआरभीएम एच–५एक्स कन्सेप्टभन्दा ठूलो बनेको छ । कन्सेप्ट कारमा दिइएको १७ र १८ इन्च अलोए–ह्वीललाई २२ इन्चको अलोए–ह्वीलले विस्थापन गरेको छ ।
ह्यारीयरमा पछाडिको ग्लास ठूलो दिइएको छ भने, ट्वीक्ड–ल्याम्पसमेत दिइएको छ । यसमा लो–सेट फग–ल्याम्प राखिएको छ । बम्पर डिजाइनमा भने कन्सेप्ट र ह्यारीयमा खासै फरक छैन ।
इन्जिन
टाटा ह्यारीअर मोडिफाइड भर्सन ज्यागवार ल्यान्ड–रोभरको डी–८ प्लेट–फर्ममा आधारित आईएमपीएसीटी २.० डिजाइन प्रयोग गर्ने कम्पनीकै पहिलो प्रोडक्सन मोडल हो । वर्गीकरणका आधारमा कम्पनीले यस गाडीमा अल–न्यू २.० लिटर क्राइओटेक डिजेल इन्जिनमात्रै दिएको छ ।
यो इन्जिन एफसीए भारतले बनाएको २.० लिटर मल्टीजेट आईआई यूनिटको रिब्रान्डेड इन्जिन हो । यसले १४० पीएस पावर उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल र सिक्स–स्पीड अटोमेटिक गियरबक्स जडान गरिएको छ । कन्सेप्ट र ह्यारीयरमा कुनै परिर्वतन गरिएको छैन ।
मूल्य
टाटा ह्यारीयरले जनवरी २०१९ बाट भारतीय बजारमा बिक्री सुरु गर्नेछ । यसको मूल्य १६ लाखदेखि २१ लाख भारतीय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।
समग्रमा हेर्ने हो भने, टाटा ह्यारीअर कन्सेप्ट मोडलभन्दा खासै फरक छैन । ह्यारीयरका डिजाइन चिफ प्रताप बोसकाअनुसार कन्सेप्ट डिजाइनको ८०–८५ प्रतिशत उत्पादनमा उस्तै रहेको छ । सामाजिक सञ्जालहरूमा ह्यारीअरको डिजाइनबारे सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।

