हुन्डाई सेन्ट्रो उत्पादनको २० वर्ष, यस्तो छ विक्री आँकडा

काठमाडौं । कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाई भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पूरा भएको छ । सोही अवसरलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो चर्चित मोडल हुन्डाई स्यान्ट्राको २० औँ वार्षिकोत्सव मनाएको छ ।

सन् १९९८ सेप्टेम्बर २३ बाट भारतीय बजारमा प्रवेश गरेको हुन्डाईको इन्ट्री लेभल मोडल सेन्ट्रो धेरै पटक परिमार्जन भैसकेको छ । मल्टीपोर्ट फ्यूल इन्जेक्सन इन्जिनमा ल्याइएको टल ह्याचब्याक मोडल, ठुलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट्रेन्सजस्ता विशेषताले निकै चर्चीत बनेको थियो । नेपाली बजारमा पनि मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेको थियो ।  

कम्पनीले भारतीय चर्चीत अभिनेता शाहरूख खानलाई ब्रान्ड एम्बेस्डर बनाएर यसको मार्केटिङ गर्दै आएको थियो । 

संसारभर यो कार १८ लाख ५० हजार युनिट्स बिक्री भैसकेको छ । केहि वर्ष अगाडि उत्पादन बन्द गरिएको सेन्ट्रोको अब भने नयाँ मोडल सार्वजनिक हुने भएको छ । कम्पनीले आगामी अक्टोबर २३ मा सार्वजनिक गर्ने भएको हो । 


Back_to_top