काठमाडौं । पछिल्लो समय क्रसओभर कारको माग बढ्दै गइरहेको छ । त्यही अनुसार कम्पनीहरुले ह्याचब्याक कारलाई क्रसओभरमा रुपान्तरण गर्न थालेका छन् ।
भारतीय कार बजारमा क्रसओभर कारले नयाँ ट्रेन्ड नै कायम गरेको छ । भारतीय बजारमा उत्पादन भएन नेपाली बजारमा उपलब्ध क्रसओभर कारहरुमा पनि ग्राहकको निकै रुचि रहेको पाईन्छ ।
मारुती सुजुकी इग्निस
मारुती सुजुकी इग्निस बक्स लुक, डुवल टोन रुफ लगायत विशेषताले आकर्षक देखिन्छ । सुरक्षाका लागि यो कारमा टीइसीटी बडी, इबीडीसहित एबीएस आइएसओ फिक्स बालसिट, डुवल फ्रन्ट एयर ब्यागलगायत विशेषता रहेको छ ।

यो कारमा १.२ लिटर पेट्रोल इन्जिन रहेको छ, जसले ८३ बीएचपी पावर र १ सय १३ एनएम टर्क दिन्छ । नेपाली बजारमा यो कारलाई सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आइरहेको छ । यसको नेपाली बजारमा मूल्य २६ लाख ९९ हजारदेखि देखि ३३ लाख २९ हजारसम्म रहेको छ ।
हुन्डाई आइट्वान्टी एक्टिभ
हुन्डाईको क्रसओभर ह्याचब्याक आइट्वान्टी एक्टिभ भारतमा अहिले पनि धेरै माग भएको कार मध्येमा पर्दछ । यो कार निक्कै परिमार्जन गरि उत्पादन गरिएको छ । यो कारमा १.३ लिटर पेट्रोल काप्पा इन्जिनमा उपलब्ध रहेको छ, जसले ८२ बीएचपी पावर दिन्छ ।

त्यस्तै १.४ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध छ जसले ८९ बीएचपी पावर दिन्छ । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आइरहेको यो कार निकै मनपराईएको कार हो । यसको नेपाली बजारमा मूल्य ३३ लाख ९६ हजारदेखि देखि ४२ लाख ९६ हजारसम्म रहेको छ ।
होन्डा डब्लूआरभी

डब्लूआरभी होन्डाको क्रसओभर कार हो । क्रसओभर सेगमेन्टमा डब्लूआरभी महंगो कार मध्येमा पर्छ । यो कार १.२ लिटर आइ–भीटीइसी पेट्रोल र १.५ लिटर आइ–डीटीइसी डिजेल इन्जिनमा उपलब्ध रहेको छ । पेट्रोल इन्जिनले ८९ बीएचपी पावर र १ सय १० एनएम टर्क तथा डिजेलले ९९ बीएचपी पावर र २ सय एनएम टर्क दिन्छ । यसलाई नेपाली बजारमा स्याकार कम्पनीले बिक्री वितरण गर्दै आइरहेको छ । यसको नेपाली बजारमा मूल्य ४२ लाख २५ हजारदेखि ४९ लाख ५० हजारसम्म रहेको छ ।
फोर्ड फ्रिस्टाइल
फोर्ड फ्रिस्टाइल कम्पनीको पहिलो क्रसओभर कार हो । यो फिगो ह्याचब्याकमा आधारीत रहेर निर्माण गरिएको छ ।

फ्रिस्टाइट १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले ९४ बीएचपी पावर र १ सय २० एनएम टर्क दिन्छ । त्यस्तै १।५ लिटर डिजेल इन्जिनले ९९ बीएचपी पावर र २ सय १५ एनएम टर्क दिन्छ । यसलाई नेपाली बजारमा जीओ फोर्डले बिक्री वितरण गर्दै आएको छ । यसको नेपाली बजारमा मूल्य २७ लाख ९९ हजारदेखि देखि ३६ लाख ९९ हजारसम्म रहेको छ ।
टाटा टियागो एनआरजी
टाटाको रेगुलर टियागोको तुलनामा टियागो एनआरजी केही अग्लो, लामो तथा फराकिलोसमेत रहेको छ । यो कारको ग्राउण्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ । यो कारलाई कम्पनीले निक्कै आकर्षक बनाएको छ ।

यो कार डिजेल तथा पेट्रोल दुवै भेरियन्टमा उपलब्ध रहेको छ । १.२ लिटर थ्री–सिलिन्डर पेट्रोल इन्जिन जसले ८४ बीएचपी पावर र १ सय १४ एनएम टर्क दिन्छ । त्यस्तै १.०५ लिटर थ्री–सिलिन्डर डिजेल इन्जिन रहेको छ जसले ६९ बीएचपी पावर र १ सय ४० एनएम टर्क रहेको छ । नेपाली बजारमा अहिले आईनसकेको यो कार तिहारपछि आउने अनुमान गरिएको छ । यसलाई नेपाली बजारमा टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ल्याउने छ । टियागो उनआरजी खरिद गर्न चाहने ग्राहकले भने केहि समय कुर्नुपर्ने भएको छ ।

