एबीएससहित आउँदै २२० पल्सर, यस्ता छन् अन्य परिर्वतन

सन् २०१९ मा बजारमा आउने नयाँ जेनेरेशनको मोटरसाइकल बजाज ‘पल्सर–२२०एफ’को पहिलो तस्विर सार्वजनिक भएको छ । यसको पहिलो तस्विरलाई भारतीय अनलाइन मिडिया रसलानेले बाहिर बाहिर ल्याएको हो ।

एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबीएस) सहित आउन लागेको यस मोटरसाइकलमा नयाँ स्टाइल, नयाँ ग्राफिक्स, र नयाँ अन्डरबेली कोलका साथ बजारमा आउनेछ ।

स्पाई तस्विरमा देखाइएअनुसार, मोटरसाइकलको एबीएस रिङ फ्रन्ट डिस्कमा राखिएको छ । मिडिया रिपोर्टका अनुसार, मोटरसाइकलमा डुअल च्यानल एबीएस दिइएको छ/छैन भन्ने बारे केहि उल्लेख गरिएको छैन ।

‘पल्सर–२२० एफ’ मोटरसाइकलको विशेषता, स्टाइल तथा हार्डवेयरहरु पुरानै नन् एवीएस मोडलमा प्रयोग गरिएको जस्तै रहेको छ । यसमा सेमी–फेइरीङ डिजाइन, फेइरिङ माउन्टेड रियर–भ्यू मिरर, क्लिप–अन स्टाइल ह्यान्डलबार, १५ लिटर फ्यूल ट्याङ्क, स्प्लिट सिटजस्ता आकर्षक फिचरहरु दिइएको छ ।

यसलाई कम्पनीले भारत इमिसन स्टायर्डड ६ अनुसार अपग्रेड गरेको हुनसक्ने अनुमान गरिएको छ । तर, २०२० का लागि पल्सरसँगै बजाजले विशेष मोटरसाइकललाई मात्रै बिएस–६ मा अपग्रेड गर्ने योजना बनाएको छ ।

पल्सर २२०एफमा २२० सीसी क्षमताको, ४ स्ट्रक, २ भल्भ, आयल कुल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले २०.९३ पीएस पावरका साथै १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।

एबीएसको साथ ट्वीन–डिस्क ब्रेकमा उपलब्ध हुने यो मोटरसाइकलको फ्रन्टमा २६० एमएम सिंगल डिस्क र रियरमा २३० एमएम सिंगल  डिस्क ब्रेकको प्रयोग गरिने छ ।

एबीएस सिस्टमसहित बजारमा आउने पल्सर–२२०एफको मूल्य अहिलेको भन्दा १५ प्रतिशतले बढी हुने अनुमान गरिएको छ ।


Back_to_top