हाइड्रोजन कार बन्ला इलेक्ट्रीकको विकल्प, यस्तो छ उत्पादकको तयारी

हाइड्रोजन पावर कार मुख्य सवारीसाधनको अप्सन हुन सकेको छैन तर, अटो मेकरहरु अझै यसको अनुशन्धानमा ठूलोे पैसा लगानी गरिरहका छन् ।

इन्फास्ट्रक्चरको हिसावले हेर्ने हो भने इलेक्ट्रीक भेइकलको भविष्य राम्रो देखिन्छ । आज अमेरिकामा १६ हजार २९२ इलेक्ट्रीक चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । भने युरोप र एसियाली मुलुकलेपनि इलेक्ट्रीक चार्जिङ स्टेशन लगायतका पूर्वाधारमा लगानी बढाई रहेका छन् । 

तर, अमेरिकाभर जम्मा ४० वटा मात्र हाइड्रोजन स्टेसन रहेको छ । ती ४० मध्ये पनि क्यालिफोर्निया बाहिर जम्मा ४ वटा स्टेसन मात्र रहेको छ । अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र यूरोपीयन देशहरुलेपनि यसको पूर्वाधार निर्माणमा चासो देखाएपनि ठूलो उपलब्धी भने हाँसिल हुन सकेको छैन ।  

यद्यपी, कार निर्माताहरुले अझै हाइड्रोजन फिउल सेल कारको राम्रो सम्भावना देखिरहेका छन् । यसो हुनुमा ब्याट्रीको मूल्य महँगो हुनु र चार्ज गर्न धेरै समय लाग्नु तथा ड्राइभिङ्ग रेन्जको लिमिटेसन हुनुले यसको विकल्प चाँडै हाइड्रोजन फ्युल हुने आँकलन गरिएको छ । अर्को, तर्फ प्रयोगका हिसाबले हाइड्रोजन पावर कारहरु कम्वस्चन इन्जिन जतिकै सजिला छन् । 

विश्वमा भईरहेका हाइड्रोजन पावर कारका विकासहरु यस्ता रहेका छन् ।

होन्डा क्ल्यारिटी 

हाइड्रोजन पावर कारको चर्चागर्दा होन्डाको क्ल्यारिटी पहिलो नम्बरमा आउँछ । सन् २०१६ को अन्त्यमा क्यालिफोर्नियामा यसको प्रयोग हुन सुरु भएको थियो । यूनाइटेड स्टेटस इन्भारोमेन्ट प्रोटेक्सन एजेन्सीले यसलाई जीरो इमिसन भेइकलमा सबैभन्दा लामो रेन्ज ५९० किलोमिटर रहेको जनाएको छ । 

होन्डाका अनुशार क्ल्यारिटीको रिफ्यूलीङ्ग टाइम मात्र ३ देखि ५ मिनेट रहेको जनाएको छ । होन्डा र जनरल मोटर्सले मिलेर यस प्रोजेक्टबाट २०२० सम्ममा ठूलो भोलुममा उत्पादन गर्नेगरि ८५ मिलियन डलर लगानी गरेका छन् । हाल होन्डाले अमेरिकाको नर्थइस्टको रेगुलेटरसँग यो कारलाई न्यूयोर्क  तथा कनेक्टीकट स्टेटमा यसलाई प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । 

टोयोटा मिराई 

टोयोटाले हाइड्रोजन पावर कार निर्माणमा सबभन्दा धेरै २३ वर्ष अनुशन्धान गरेको छ । टोयोटाले बनाउको मिराई उत्कुष्ट हाइड्रोजन पावर कारमा पर्छ । कम्पनीले सन् २०१४ को डिसेम्बरदेखि मिराई जापानी बजारमा बिक्री गरिरहेको छ । त्यस्तै क्यालिफोर्नीयामा सन् २०१५ को अक्टुवरदेखि बिक्री भइरहेको यो कार अमेरिकी बजारको पहिलो हाइड्रोजन पावर कारसमेत हो । टोयोटाले सन् २०२० मा विश्वभरि वार्षिक ३० हजार हाइड्रोजन पावर कार बिक्री गर्ने लक्ष्य राखेको छ ।

यूनाइटेड स्टेटस इन्भारोमेन्ट प्रोटेक्सन एजेन्सीले यसको ५०२ किलोमिटर रेन्ज र सिफ्यूलीङ्ग टाइम ५ मिनेट मात्र रहेको बताएको छ । मिराईमा फ्रन्ट क्यामरा र रडार सेन्सर रहेको छ जसले चालकलाई लेनको बहावको जानकारी र अलर्टसमेत गराउँछ । 

टोयोटाले फिउल सेल टेक्नलोजी भएको १८ चक्के ट्रकको पनि पोर्ट अफ लस एन्जलसमा परिक्षण गरिरहेको छ । यो प्रोजेक्टको रिजल्ट बाहिर नआएता पनि टोयोटाले हाईड्रोजन टेक्नलोजीको प्रयोग फोर्क लिफ्टदेखि एसयूभीसम्मका सबै गाडीहरुमा गर्न इन्छुक रहेको जनाएको छ । 

टोयोटाले २०२० को टोकियो ओलम्पिकमा १०० वटा हाइड्रोजन पावर बसहरु प्रयोगमा ल्याउने जनाएको छ । होन्डाले जस्तै टोयोटाले पनि अमेरिकाको नर्थइस्टमा हाइड्रोजन इन्फ्राइस्ट्रक्चर बनाउन काम गरिरहेको छ । 

हुन्डाई 

हुन्डाईले क्यालिफोर्नीयामा आफ्नो टुशान एसयूभी लिजमा दिइरहेको छ । गत अप्रीलसम्म कम्पनीले १४० वटा हाइड्रोजन पावर गाडीहरु डेलिभरी गरिसकेको छ । 

हुन्डाईको लग्जरी ब्रान्ड जेनेसीसले आश्चर्यजनक रुपमा हाइड्रोजन कन्शेप्ट ‘द जीभी ८०’ अप्रिलको न्यूयोर्क अटो शोमा सार्वजनिक गरेको थियो । अब यो एसयूभीलाई चाँडैनै बजारमा उतार्ने तयारीमा कम्पनी रहेको छ । 

लेक्सस 

टोयोटाको प्रिमियम ब्राण्ड लेक्ससने पनि सन् २०२० मा हाइड्रोजन पावर कार बनाउने जनाएको छ । तर यसको रेन्ज र स्पेक्स भने बाहिर आएको छैन । यसको कन्सेप्टमा हाइटेक सुविधाहरु रहेको छ । यसमा रहेको डिस्प्लेको कन्ट्रोल हातको इसाराबाटै संचालित हुने छन् । 

अडी एचट्रोन क्वाट्रो

अडीले पनि ‘एचट्रोन क्वाट्रो’ कन्सेप्ट कारको अनभिल २०१६ को डिट्रोइट अटो शोमा गरेको थियो । कम्पनीका अनुशार यसले हाइड्रोजनको प्रयोगबाटै ६ सय किलोमिटरको रेन्ज दिनेछ । 

अडीका अनुशार उसको मस्टार्ड एल्लो फिउल सेल कार ७.१ सेकेन्डमै १०० किलोमिटरको रफ्तार पकडन सक्नेछ । अडीको एचट्रोन क्वाट्रोमा भर्चुवल ककपिट हुनेछ, जसले इन्टुमेन्ट प्यानल तथा सेन्टर कन्सोललाई डिजिटल स्कृनले रिप्लेस गर्ने छ । यसमा ड्राइभर असिस्टेन्ट सिस्टम रहने छ, जसले रियल टाइममा वरिपरिको स्थितिको जानकारी दिनेछ । यसको सहयोगले लेन परिवर्तन गर्ने तथा मर्ज गर्न सघाउँछ ।

बिएमडब्लु 

बिएमडब्ल्युले हाइड्रोजन ड्राइभ टरेन कार निर्माण गर्नको लागि टोयोटासँग सहकार्य गर्ने जनाएको छ । उसले सन्  २०२० सम्ममा हाइड्रोजन कार बिक्री गर्ने लक्ष लिएको छ । बिएमडब्ल्युका अनुशार यसको रेन्ज ४८० किलोमिटर भन्दा बढि हुने र ५ मिनेट भन्दा कम समयमा रिफ्यूल हुने जानकारी दिएको छ । 

फोर्ड 

फोर्डले आफ्नो पूरानो हाइड्रोजन प्लानबाट पछि हटे पनि यसले अझ यो टेक्नलोजीको अन्वेषण गरिरहेको जनाएको छ । सन् २०१३ को जनवरीमा फोर्डले मर्सिडिज बेञ्जको प्यारेन्ट कम्पनी ड्याम्लर र निसानसँग फिउल सेल टेक्नलोजीको विकास गर्ने र  २०१७ सम्ममा मास प्रोडक्सन गर्ने गरि सहकार्य गर्ने जनाएको थियो । 

फोर्डका सीटीओले जनाएअनुशार यो वर्ष फोर्डले हाइड्रोजन पावर कार आउने छैन । तर, सो गठबन्धनले ब्याट्री पावर कार निर्माणमा फोकस रहेको र यसमा धेरै प्रगति गरिरहेको जनाएका छन् । 

मर्सिडिज बेन्ज 

मर्सिडिज बेन्जले गत सेम्टेम्बरको फ्राङ्फर्ट मोटर शोमा आफ्नो पहिलो हाइड्रोजन पावर एसयूभी अनभिल गरेको थियो । यो गाडी कम्पनीको जीएलसी एसयूभी प्ल्याटफर्ममा निर्माण गरेको छ । यसलाई सन् २०१९ को अन्त्यसम्ममा बजारमा उपलब्ध हुनेछ । 

यो एसयूभी ९.३ किलोआवर ब्याट्री प्याकसहित आउने छ, जसको सामुहिक रेन्ज ४३५ किलोमिटर रहेको छ । जुन नयाँ यूरोपियन डाइभिङ्ग साइकलको स्ट्याण्डर मिट हुने खालको छ । यसको अमेरिकामा परिक्षणगर्दा कम रेन्ज आएको थियो । मर्सिडिजका अनुशार यो गाडीले १९७ हर्स पावर र २७८ पाउण्ड फिट टर्क उत्पादन गर्छ । यसको स्पीड १६० किलोमिटर प्रति घण्टासम्ममा लिमिट गरिएको छ । 

निकोला मोटर 


अमेरिकी स्टार्टअप निकोला मोटर कम्पनीले सन् २०१६ को डिसेम्बरमा हाइड्रोजन पावर ट्रकको अनभिल गरेको थियो । उसको अनुशार यसको रेन्ज १२९० देखि १९३० किलोमिटर हुने जनाइएको छ । निकोला मोटर्सले सन् २०१९ सम्ममा ३६४ वटा हाइड्रोजन स्टेसन बनाउने जनाएको छ ।

जनरल मोटर्स मोन्सटर 

जनरल मोटर्सले आफ्नो हाइडोजन पावर मोन्सटर आर्मी भेइकल सन् २०१६ मा एसोसियसन अफ दी यूनाइटेड स्टेटसँगको मिटिङ्गमा सार्वजनिक गरेको थियो । यो गाडीमा ३७ इन्चको ह्वील रहेको छ, जसले यसलाई ६.५ फिटको उचाई तथा ७ फिटको चौडाइ बनाएको छ । 

अमेरिकी सेनाले यसलाई मिसनमा उपयूक्त छ वा छैन भनेर अति नै खराव स्थान र कन्डिसनमा परिक्षण गरिरहेको छ  । जीएमका अनुशार यसलाई ५० लाख किलोमिटर टेष्ट गरिसकेको छ ।


Back_to_top