हुन्डाईले देखायो नयाँ इन्जिनमा सोनाटा, यस्ता छन् विशेषता

कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर्सले आफ्नो चर्चित मोडल सोनाटा टर्बोचार्ज्ड इन्जिनमा सार्वजनिक गरेको छ । सियोल मोटर शो २०१९ मा हुन्डाईले आफ्नो चर्चित प्रिमियम सेडान कार सोनाटामा १.६ लिटर टर्बोचार्ज्ड इन्जिनसहित सार्वजनिक गरेको हो । 

हुन्डाईको स्पोर्टी सेडान सोनाटा १.६ लिटर टर्बो, चार सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १८० हर्सपावर जेनेरेट गर्दछ । टर्बो सोनाटामा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ भने अप्सनल ८ स्पीड  अटोमेटिक गेयर बक्ससमेत उपलब्ध रहेको छ । 

सोनाटाको आठौं जेनेरेसनलाई हुन्डाईले केही पृथक डिजाइनमा ल्याउन खोजेको छ । यसमा दिइएको हेडलाइटदेखि बम्परसम्ममा परिमार्जन गरिएको छ । यही सोनाटा टर्बो भर्सनलाई कम्प्नीले आउँदो अप्रिलमा हुने न्यूयोर्क अटो शोमा समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

कम्पनीले सोनाटालाई हाइब्रिड भर्सनमा समेत ल्याउने अनुमान गरिएको छ । तर हालसम्म कम्पनीले यस बारे केही सार्वजनिक गरेको छैन । 


Back_to_top