रेनोले क्याप्चर मोडलमा नयाँ विशेषता थप गरेको छ । नेपाली बजारमा समेत बिक्री भैरहेको यस मोडलमा नयाँ विशेषता थपिएसँगै यस मोडलको मूल्य समेत बढाइएको छ ।
हाल, नेपाली बजारमा रेनो क्याप्चरको मूल्य ४८ लाख १४ हजार रुपैयाँदेखि ६४ लाख ८९ हजार रुपैयाँसम्म रहेको छ । तर, नयाँ आउने मोडलभने केहि महंगो हुने भएको हो । यसमा नयाँ मिडिया एनएभी इभोलुसन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । जसमा ७ इन्चको टच डिस्प्ले, एप्पल कार प्ले, एन्ड्रोइड अटो र इको गाइड जस्ता विशेषता थप गरिएको छ । यसका साथै, मनिटर ड्राइभिङ्ग प्याट्रनमा नयाँ प्रणाली र इन्धन खपत कम गर्ने नयाँ विशेषता थपिएको हो ।
रेनो क्याप्चरमा स्टान्र्डड सेफ्टी फिचर अन्तर्गतको ड्राइभर सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम, रियर पार्किङ स्टान्र्डडको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय बजारमा यो मोडल आरएक्सइ, आरएक्सएल, आरएक्सटी र प्लाटीन ग्रेड गरि चार भेरियन्टमा उपलब्ध छ ।
यसमा पुरानै १.५ लिटर एचफोर के पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । त्यस्तै १.५ के ९ के डिसिआई टर्बाेचार्ज्ड डिजेल इन्जिन लगाइएको छ । जसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । पेट्रोल इन्जिनले ११० पीएच पावरका साथै २४० एनएम टर्क उत्पादन गर्छ ।
नेपाली बजारमा भने क्याप्चरको पेट्रोल भर्सन अन्तर्गत चार र डिजेल भर्सन अन्तर्गत पाँच भेरियन्टको बिक्री भइरहेको छ ।


