हुन्डाई कार टेष्ट ड्राइभ गरेका शेर बहादुरले पाए वर्ल्डकप हेर्ने अवशर

काठमाडौं । हुण्डाई गाडीहरुको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकप २०२२’को विजेता घोषणा गरेको छ।

यस योजनाका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने कम्पनीले जनाएको छ।

११ अक्टोबर २०२२ मा यसको लक्की ड्र गरिएको थियो। उक्त लक्की ड्रमा २ जना विजेताहरु छनौट भएका हुन् ।

शेर बहादुर जिसी र हस्तमाया गुरुङ्ग विजेता घोषित भएका हुन्। दुवैले आफ्नो रोजाइको एक-एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाई नेपालले व्यहोर्नेछ।


Back_to_top