काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्स चाडपर्वलाई लक्षित स्कीम काया पलट अझै जारी रहेको छ । कम्पनीले यो स्कीममा नगद छुटदेखि फाइनान्स स्कीमसम्म उपलब्ध गराउने भएको हो ।
यो स्कीममा ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । जगदम्बा मोटर्सले सीमित मात्र मोडलमा २० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको जनाएको छ । यो स्कीममा ग्राहकले टीभीएस अपाचे आरटीआर २०० फोर भी खरिद गर्न सक्नेछन् ।
२० प्रतिशत डाउन पेमेन्टपछि बाँकी रकम ग्राहकले लोनको रूपमा १८ महिना २४ महिना र ३० महिनाको अवधिमा चुक्ता गर्ने सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीले अपाचे आरटीआर २०० ४ भीको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । ग्राहकले फाइनान्स स्कीम अन्र्तगत यो मोटरसाइकल खरिद गर्दा २० प्रतिशत बापतको ६४ हजार ९८० रुपैयाँ तिरेर नयाँ मोटरसाइकल घर जैलान सक्नेछन् । यस बाहेकको लोन रकम २ लाख ५९ हजार ९२० रुपैयाँ ग्राहकले धेरैमा ३० महिनामा बुझाउँदा मासिक ९ हजार ९५० रुपैयाँ हाराहारीमा बुझाउनु पर्ने हुन्छ ।
यस्तो छ मोटरसाइकल
टीभीएस अपाचे आरटीआर २०० फोर भी नेकेड स्पोर्टस डिजाइनमा तयार भएको मोटरसाइकल रहेको छ । यो मोटरसाइकलमा १९७।८ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम २१ पीएस पावर र ७००० आरपीएममा १८।१ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनो ट्युब सस्पेन्सन दिएको छ ।अगाडि चक्कामा २७० एमएमको डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसमा सबै प्रकारका लाइटहरु एलईडी रहेका छन् ।
यसमा हेलोजिन हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, स्लीपर क्लच, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध रहेको छ ।


