काठमाडौं । अटोमोवाइल क्षेत्रमा निरत्तर रुपमा नयाँ–नयाँ खोज भइरहेका हुन्छन् । सबै किसिमका खोज र आविष्कारले कार चालकलाई सहज ड्राइभिङ प्रदान गर्दै आएका छन् ।
लामो यात्रामा कार चलाउन सहज गराउने उद्देश्यले तयार पारिएको एक फिचर हो क्रुज कन्ट्रोल । यसले विशेषत हाइवे ड्राइभिङमा निकै सहयोग गर्छ । आधुनिक कार र एसयूभीका सबै जसो मोडलमा आजकाल क्रुज कन्ट्रोल फिचर उपलब्ध रहने गरेको छ ।
नेपालको लागि क्रुज कन्ट्रोल नयाँ फिचर नै मानिन्छ । यसलाई कसरी चलाउने र यसका फाइदाहरु के के छन् भन्ने विषयमा हामीले केही जानकारी बटुलेका छौं ।
के हो त क्रुज कन्ट्रोल ?
क्रुज कन्ट्रोलको ठ्याक्कै काम चालकले आफ्नो आवश्यकता अनुसार स्पीड सेट गरेर गाडी चलाउन सहयोग गर्नु हो । क्रुसजङ मोडमा गाडी चलाउन थालेपछि चालकले एक्सीलेटर थिचिरहनु पर्दैन । आजकल चार पाङ्ग्रेम मात्र नभई दुई पाङ्ग्रे सवारीमा समेत क्रुज कन्ट्रोल फिचर आउन थालेको छ ।
कसरी गर्छ काम ?
यो सिस्टमले कारलाई एक समान स्पीडमा गुडाउनको लागि सहयोग गर्छ । यदि क्रुज कन्ट्रोल छैन भने, गाडीलाई समान स्पीडमा गुडाइराख्न चालकलाई एक्सीलेटर थिचिरहनु पर्छ ।
क्रुज कन्ट्रोल सजिलोसँगै स्मार्ट पनि हुन्छ । कुनै मोड वा अगाडि बस्तु आएमा ब्रेकमा खुट्टा राखेपछि क्रुज कन्ट्रोल आफै डिसकनेक्ट हुन्छ । आजकलको अत्याधुुनिक कारमा एडाप्टीभ क्रूज कन्ट्रोल आउन थालेका छन् ।
एडप्टीभ क्रुज कन्ट्रोलले कारमा रहेको क्यामरा र लाइडारको सहायताले अगाडि रहेको सवारीको स्पीड अनुसार कार स्पीड कम र बढाउन सक्छ । यसमा स्पीड कम गर्ने अधिकार त सिस्टमलाई हुन्छ तर, तोकिएकको स्पीडभन्दा माथि गाडी चलाउन भने सक्दैन ।
के फाइदा हो ?
यसको प्रमुख फाइदा भनेकै क्रुज कन्ट्रोल सेट गर्ने बित्तीकै कार आफै स्पीडमा गुड्नु हो । क्रुज मोडमा चालकले ब्रेक र स्टेरिङमा मात्र ध्यान दिए पुग्छ । निरन्तर एक्सीलेटर थिच्नु नपर्दा थकान र खुट्टा दुखाइबाट आराम मिल्छ ।
जसरी हवाइजहाजमा अटो पाइलटले काम गर्छ, त्यसैगरी कारमा कु्रज कन्ट्रोलले काम गर्छ । एकै स्पीडमा कार चलाउँदा माइलेजका साथै कारको कम्फर्टेबल समेत बढ्छ । हाइवेमा लामो लामो यात्रा गर्दा क्रुज कन्ट्रोलले धेरै सुविधा दिन्छ ।