८९ लाख ९० हजार मूल्य तोकेर शनिवार सार्वजनिक हुँदै बीवाइडी एटो ३

काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ८९ लाख ९० हजार रुपैयाँ तोकेर नयाँ प्रिमियम एसयूभी एटो थ्री शनिवार सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको मूल्यसूचिमा बीवाइडडी एटो ३ को मूल्य ८९ लाख ९० हजार तोकिएको छ । कम्पनीले यहि शनिवार एटो ३ सार्वजनिक गर्ने जनाएको छ ।

बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो-३ ले एक पटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ७.३ सेकेन्डमा भेट्टाउने छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा तयार भएको एटो-३ कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कारको बलियो पक्ष हो ।


Back_to_top