काठमाडौं । नेपालमा दशैं अघि विक्री सुरु भएको नयाँ जेनेरेशन हुन्डाई टुसानले यूरोपियन एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । कम्पनीले ८६ प्रतिशत एडल्ट प्यासेन्जर, सुरक्षा फिचरमा ७० प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षामा ६६ प्रतिशत र चाइल्ड सुरक्षामा ८७ प्रतिशत अंक सहित ५ स्टार रेटिङ पाएको हो ।
चालक र यात्रुको सम्वेदनशील अंगको सुरक्षामा उत्कृष्ट र चालकको छातीको सुरक्षामा पनि उत्कृष्ट देखिएको यूरोपियन एनक्यापले जनाएको छ । यसको साइड र अगाडिको भागमा इम्प्याक्ट पर्दा पनि यात्रु सुरक्षामा उत्कृष्ट रहेको जनाइएको छ ।
हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान अहिले विश्वभर चर्चामा रहेको मोडल हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ ।
नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध रहेको छ । जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) रहेका छन् । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिनमा यसलाई ग्राहकले खरिद गर्न सक्ने छन् ।

