हुन्डाई भेन्यूको डिजाइन स्केच सार्वजनिक भए लगत्तै हुन्डाईले आफ्नो नयाँ ब्लु लिङ्क कनेक्ट कार टेक्नलोजीका विषेशताहरु सार्वजनिक गरेको छ ।
हुन्डाईको निकट भविष्यमा बजारमा आउन लागेको कम्प्याक एसयूभी भेन्यूलाई भारतको पहिलो स्मार्ट कनेक्टेड कारको भनिएको छ । यसको ब्लु लिङ्क कनेक्टिभीटी टेक्नलोजीलाई सात भागमा विभाजन गरिएको छ ।
यसमा प्रयोग भएको टेक्नलोजी अहिले निकै चर्चामा रहेको छ ।
१. आर्टिफिसीयल इन्टेलिजेन्स

आर्टिफिसीयल इन्टेलिजेन्सले हुन्डाई भेन्यूलाई इन्टरएक्टिभ भ्वास रिकजनीसनको फेसीलीटी अफरमा ल्याउनेछ । जसको सहयोगले यो एसयूभीसँग चालक र सवार यात्रुले गाडीसँग कुरागर्ने, कमाण्ड दिने आदि गर्न सक्नेछन् ।
यसको मुख्य विशेषता भनेको यो नयाँ टेक्नलोजिले भारतीय वा नेपालीको अंग्रेजी उच्चारणको शैली पनि राम्रोसँग बुझ्न सक्ने छ ।
२. अलर्ट सर्भिसेज

हुन्डाईको यो कनेक्ट टेक्नलोजीमा विभिन्न प्रकारका अलर्टहरु सवारी धनीलाई प्रसारण गर्ने व्यवस्था गरिएको छ । जसमा प्रिसेट स्पीड क्रस गरेमा स्पीड अलर्ट, तोकिएको सडक सिमा नाघेमा जियो फेन्स अलर्ट, तोकियको समय सिमा नाघेमा टाइक फेन्सिङ्ग अलर्ट, भ्याले पार्किङ्गका क्रममा बेलव्वाईले प्रिसेट लिमिट पार गरेमा भ्याले अलर्ट जस्ता विभिन्न अलर्टहरु इमेल तथा एसएमएस मार्फत सवारी धनीलाई पठाउने काम गर्छ । यसमा गाडि निष्कृय रहेको अवस्थामा पनि विभिन्न अलर्टहरु प्राप्त गर्न सकिन्छ ।
३. लोकेशन बेस्ड अलर्ट

लोकेशन बेस्ड सर्भिसमा रियल टाईम ट्राफिक इन्फर्मेसन, रियल टाइम भेहिकल ट्रयाकिङ्ग, पूसम्याम फ्रम एप, पूसम्याम फ्रम कलसेन्टर, सेड्युल लिङ्ग डेस्टिनेसन सेटिङ्ग जस्ता लोकेशन बेस्ट अलर्टहरु समेत रहेको छ ।
४. भेहिकल रिलेसनसिप म्यानेजमेन्ट

भेहिकल रिलेसनसिप म्यानेजमेन्टले सवारी धनीलाई सवारीको अवस्थाका बारेमा जानकारी गराउँछ । यसले सवारी चालकले कसरी गाडी चलाइरहेको छ भन्ने पनि जानकारी दिने गर्छ ।
यसको प्रयोगकर्ताले सवारीको मासिक स्वास्थ्य रिपोर्ट, रन अ म्यानिवल डिटीसी (डायग्नोस्टीक ट्रवल कोड) चेकका साथै चालकको ड्राइभिङ्ग व्यवहारका बारेमा जानकारी गराउँछ ।
५. रिमोर्ट कन्ट्रोल

हुन्डाई भेन्यूको धेरै फङ्गसनहरु टाढैबाट चलाउन सकिन्छ । गाडीको इन्जिन स्टार्ट वा स्टप, डोर लक वा अनलक, हर्न÷लाईट कन्ट्रोल, क्लाईमेट कन्ट्रोल आदि टाढै बसेर अपरेट गर्न सकिन्छ । यो फिचर चलाउनका लागि हुन्डाईको एप डाउनलोड गर्नु पर्नेछ । यसको सहायताले अझ भेहिकलको स्टाटस चेक गर्ने, तथा लोकेसन समेत सजिलै पत्ता लगाउन सकिनेछ ।
६. सेक्युरिटी

भेहिकलको सुरक्षाकालागि हुन्डाईको ब्लुलिङ्क कनेक्टीभीटीले स्टोलन नोटिफीकेसन, भेहिकल ट्रयाकिङ्ग तथा चोरी भएको सवारीको इन्जिन बन्द गर्न सकिने जस्ता फिचरहरु रहेको छ ।
७. सेफ्टी

हुन्डाईले ब्लुलिङ्क कनेक्ड टेक्नलोजिमा चालक र यात्रुहरुको सुरक्षाका लागि विभिन्न सुरक्षाका उपाएहरु अवलम्बन गरेको छ । यो भेहिकलमा प्यानीक नोटिफिकेसन, अटो क्रयास नोटिफिकेसन एण्ड असिस्टेन्ट, एसओएस इमर्जेन्सी असिस्टेन्स, रोडसाईड असिस्टेन्स जस्ता फिचरहरु रहेका छन् ।


