बजाजले नयाँ पल्सर १२५ ल्याउँदै, सिटी र प्लाटिना अपग्रेड हुँदै

बजाजका पल्सर मोटरसाइकल निक्कै लोकप्रिय रहेका छन् । १५०, २०० , १८० लगायत विभिन्न भेरियन्टमा आएको पल्सर अब १२५ सीसी इन्जिन क्षमतामा समेत आउने भएको छ । 

हालै मात्र बजाजले पल्सर २५० समेत ल्याउने घोषणा गरेको थियो । त्यस्तै बजाजले इन्ट्री लेभल सिटी, प्लाटिना समेत ल्याउने जनाएको छ । कम्पनीका म्यानेजिंग डायरेक्टर राजिव बजाजका अनुसार पल्सर १२५ का साथै यस अघि १०० सीसीमा आरहेको सिटी र प्लाटिना पनि १२५ सीसी सेग्मेन्टमै ल्याउन लागेको बताएका छन् । 

सिटी, प्लाटीना र पल्सर मोडलमा आकर्षक विशेषता प्रदान गरिएको बताउँदै  प्रत्येक मोटरसाइकलले उत्कृष्ट रेन्ज प्रदान गर्ने जानकारी दिए । यद्यपी, उनले मोडलबारे थप कुरा बताउन भने चाहेनन् । 

नयाँ मोडल बजारमा ल्याएसंगै कम्पनीले वर्षको सेकेन्ड क्वार्टरबाट उत्पादन र निर्यातलाई विशेष प्राथमिकता दिने जनाएको छ । कम्पनीले मासिक चार लाख युनिट व्यापार पुर्याउने लक्ष्य लिएको छ । बजाजले पछिल्लो वर्ष कमोडिटी र मार्केटिङ कस्टका कारण मार्जिनमा कमी आएको निश्कर्ष निकाल्दै यो वर्ष प्रिमीयम मोटरसाइकलसंगै पल्सर रेन्जका मोटरसाइकलको उत्पादनलाई प्राथमिकतामा राखेको हो । 

बजाजले आर्थिक वर्ष २०१८ ÷१९ को अन्तिम महिनामा २ लाख २० हजार २ सय १३ युनिट मोटरसाइकल बिक्री गरेको थियो । भारतको दुइपाँग्रे सवारी बजाज रोयल इनफिल्ड, यमाहा र सुजुकी मोटरसाइकलभन्दा बजाज अघि रहेको छ । 


Back_to_top